Successfully Copied

दसैंमा मेकअप

दसैंमा दिनभरि टिक्ने गरी मेकअप गर्नुपर्छ । विवाहित महिलाले ब्राइट देखिने हल्का मेकअप गर्नुपर्छ भने अविवाहितले सिम्पल र नेचुरल मेकअप गर्दा राम्रो देखिन्छ । दसैंमा मठ–मन्दिर जाने चलन भएकाले वाटरप्रुफ मेकअप बढी उपयोगी हुन्छ । विवाहित महिलाहरूले ब्राइट एवं कलरफुल पहिरन लगाउँदा सेमी ब्राइडल लुक्स दिने

दसैंमा दिनभरि टिक्ने गरी मेकअप गर्नुपर्छ । विवाहित महिलाले ब्राइट देखिने हल्का मेकअप गर्नुपर्छ भने अविवाहितले सिम्पल र नेचुरल मेकअप गर्दा राम्रो देखिन्छ । दसैंमा मठ–मन्दिर जाने चलन भएकाले वाटरप्रुफ मेकअप बढी उपयोगी हुन्छ । विवाहित महिलाहरूले ब्राइट एवं कलरफुल पहिरन लगाउँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ । त्यसमा आँखा भने स्मोकी हुनुपर्छ । त्यसमा पनि गोल्डेन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ । डार्क सर्कल छ भने कन्सुलरले छोप्ने, पेनस्टिक लगाउने तथा ह्वाइट पाउडर प्रयोग गर्ने । अहिले परमानेन्ट लिप, आई तथा आइब्रो मेकअपसमेत गराउन सकिन्छ भने आइलाइसिस एक्सटेन्सन पनि गराउन सकिन्छ जसले व्यस्त समयमा मेकअपका लागि छुट्टै समय व्यवस्था गर्नु पर्दैन ।

आई मेकअप

कपर स्मोकी आई साडी, गाउन, कुर्ती जुनसुकै पहिरनमा सुहाउँछ । कपर स्मोकीमा गोल्डेन वा सिल्भर आइस्याडो लगाई साइडमा ब्ल्याक वा ब्राउनले मर्ज गर्ने । आँखाको सेप गोलो छ भने राउन्ड सेप दिने । मंगोलियन चिन्की आइजलाई स्मोकी आई त्यति सुहाउँदैन । आर्यन फेसमा स्मोकी आई निकै राम्रो देखिन्छ । ब्ल्याक स्मोकी आई मेकअपले सानो आँखालाई ठूलो देखाउँछ । पहिले पेन्सिलले सेप कोर्ने त्यसपछि ब्ल्याक आइस्याडो, तल डार्कमाथि ब्राउन कलर प्रयोग गर्दै फेड गर्ने र माथिबाट ह्वाइट स्याडो लगाउने ।

फेस कटिङ

गोलो फेसलाई लाम्चो तरिकाले कटिङ गर्ने । कटिङ गर्दा पहिले ब्राउन्जरले र पछि त्यसकै माथि ब्लसर लगाइदिने । लामो फेसलाई छोटो कटिङ गरी अगाडि अलिकति घुमाइदिने । चिउँडोको हड्डी ठूलो र मासु बढी छ भने ब्राउन्जरले कटिङ गरी लुकाउनुपर्छ । ब्राउन्जरले नाक कटिङ गर्ने । आर्यन नाकमा बीचको भाग ठूलो राख्ने । त्यसपछि ब्राउन्जर लगाइएको भाग माथि ब्लसर लगाउने ।

लिप

दसैंमा रातो लिपिस्टिक खुल्छ । गाउन वा वान पिस छ भने मरुन कलर प्रयोग गर्न सकिन्छ । दसंैमा दिनभर टिकाउन म्याट लिपिस्टिक उपयुक्त हुन्छ । ओठको छाला अन्य छालाको तुलनामा निकै नरम र कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्ने । राति सुत्नुअघि पेट्रोलियम जेली लगाउने । यदि दुवै ओठ मिलेका छन् भने लिप पेन्सिलले आउट लाइन दिएर लिपिस्टिक प्रयोग गर्नुपर्छ । लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि फाउन्डेसन लगाउने । कुन कलरको लिपिस्टिक लगाउने हो त्यसभन्दा हल्का डार्क कलरको लिप लाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउने ।

नेल आर्ट

अन्य मेकअप सँगै नङ पनि आकर्षक देखिनु जरुरी हुन्छ । नङलाई हात एवं खुट्टाको आकर्षण मानिन्छ । कतिपयको नङ प्राकृतिक रूपमै कमजोर, नबढ्ने तथा टुटेर जाने खालको हुन्छ । यस्तो समस्यामा नेल एक्सटेन्सन गराउन सकिन्छ । यदि आफ्नो नङ राम्रो छैन भने फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । नङलाई आकर्षक देखाउन नेल आर्ट गराउन सकिन्छ । नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ । यस्तै पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त मानिन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ । 

हेयर स्टाइल

हेयरमा मेसी वन राम्रो देखिन्छ । केश लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट उपयुक्त हुन्छ । लामो केशमा मेसी वन खुल्छ ।

 

 Image