Successfully Copied

पुरानो घरको नवीकरण 

घर भनेको घरजस्तै हुनुपर्छ । घर त्यो ठाउँ हो, जहाँ बसेर हामी अनेकौं सपना बुन्छौ । सुख–दु:ख बाँड्छौं, रमाइलो गर्छौं । दिनभरको थकान घरमा गएर मेटाउँछांै । आफ्नोपनसँग जोडिएको घर सुन्दर राख्ने इच्छा सबैलाई हुन्छ । सबैभन्दा बढी समय घरमै बिताइने भएकाले घरको वातावरण आफ्नो स्वभाव सुहाउँदो हुनु

घर भनेको घरजस्तै हुनुपर्छ । घर त्यो ठाउँ हो, जहाँ बसेर हामी अनेकौं सपना बुन्छौ । सुख–दु:ख बाँड्छौं, रमाइलो गर्छौं । दिनभरको थकान घरमा गएर मेटाउँछांै । आफ्नोपनसँग जोडिएको घर सुन्दर राख्ने इच्छा सबैलाई हुन्छ । सबैभन्दा बढी समय घरमै बिताइने भएकाले घरको वातावरण आफ्नो स्वभाव सुहाउँदो हुनु आवश्यक छ । 

एउटै घरमा लामो समय बसिरहँदा हामीलाई दिक्क लाग्न सक्छ । उही रंग, उस्तै साजसज्जा, उही फर्निचर, उस्तै बगैंचा । अब नयाँ घर खरिद गरिहाल्ने मेलोमेसो मिल्नु पनि कसरी ? घर भन्ने कुरा झट्टै छाड्न र खरिद गर्न सम्भव हुँदैन । त्यसो भए के गर्ने यस्तै घरमा बसिरहने त ? 

यसैगरी घर निर्माण गर्ने क्रममा कतिपय गल्ती–कमजोरीहरू हुन्छन् । विद्युत्, वायरिङ, पानीको पाइप आदि कमसल प्रयोग भएको हुनसक्छ । घरको डिजाइन पनि असहज हुनसक्छ । यस्तो अवस्थामा पनि घर बदल्न सकिने अनुकूलता हुँदैन । 

अर्कातिर समयसँगै मानिसको आवश्यकता एवं चाहना पनि फेरिँदै गएको छ । अहिले मानिसहरू एउटै शैली वा ढाँचाको घरभित्र बसिरहन रुचाउँदैनन् । उनीहरू घरमा पनि नयाँपन खोज्छन् । 

यी सबै कुराको एकमुष्ट हल हो, घरको रिनोभेसन । न नयाँ घर किन्नुपर्ने झन्झट, न पुरानो घर छाड्नुपर्ने बाध्यता । रिनोभेसन गरेपछि उही घरमा नयाँपन आउँछ । 

सधैं एउटै कोठामा बसिरहँदा मोनोटोनस हुने भएकाले केही नयाँ गर्न चाहनेहरू रेनोभेसनप्रति आकर्षित भएको इन्टेरियर डिजाइनर मेलिना शाक्य बताउँछिन् । शाक्य भन्छिन्–‘घरको रेनोभेसन गर्दा घरको लुक्समात्र परिवर्तन नभई घरमा बस्ने मानिसहरूले मानसिक रूपमा समेत फरक महसुस गर्छन् ।’ सधैं एउटै ठाउँ एकैनासको देखिरहँदा दिक्क लाग्ने भएकाले मुड फ्रेस गर्न पनि रिनोभेसन आवश्यक हुने उनको तर्क छ । 

आफूले बनाएको घर पुरानो लागे वा त्यसलाई फरक साजसज्जामा सजाउन रिनोभेसन गर्न सकिन्छ । यसरी रिनोभेसन गरेपछि घरमा नयाँपन आउँछ । त्यसपछि हामी त्यही घरमा रमाउन सक्छौं । 

घर भनेको घरजस्तै हुनुपर्छ । घर त्यो ठाउँ हो, जहाँ बसेर हामी अनेकौं सपना बुन्छौ । सुख–दु:ख बाँड्छौं, रमाइलो गर्छांंै । दिनभरको थकान घरमा गएर मेटाउँछांै । आफ्नोपनसँग जोडिएको घर सुन्दर राख्ने इच्छा सबैलाई हुन्छ । सबैभन्दा बढी समय घरमै बिताइने भएकाले घरको वातावरण आफ्नो स्वभाव सुहाउँदो हुनु आवश्यक छ । अहिले आधुनिकीकरणले गर्दा घरको लुक्स परिवर्तन गर्न सजिलो भएको छ । नयाँ घरलाई मात्र होइन पुराना घरलाई पनि डिजाइनिङ गरेर लुक्स परिवर्तन गर्न सकिन्छ । 

घरको भित्री तथा बाहिरी रूप आकर्षक र बस्नका लागि सहज होस् भन्ने अपेक्षा सबैको हुन्छ । यसका लागि कस्तो फर्निचर प्रयोग गर्ने, कुन रंग लगाउने, कोठालाई कस्तो रूप दिने, भान्सा, डाइनिङ, सुत्ने कोठाको सजावट कसरी गर्नेदेखि पर्दा, एसेसरिज, फेब्रिक आदि कुराहरूमा ध्यान दिनुपर्छ । घरको पूरै स्वरूप बदल्न समय नभएको वा सम्भव नभएको अवस्थामा घर एवं कोठालाई नयाँपन दिन रेनोभेसन उपयुक्त हुनसक्छ । 

इन्टेरियर डिजाइनरसँगको परामर्शबाट घर आकर्षक हुनुका साथै पुरानो घरलाई नयाँपन दिन सकिन्छ । घरको क्षेत्रफल, आकार, उचाइका साथै मानिसको आवश्यकता एवं रुचिलाई ध्यानमा राखी आन्तरिक स्वरूप तयार गरिने डिजाइनर शाक्य बताउँछिन् । रिनोभेनसनबाट खाली ठाउँको उपयोग हुनुका साथै सानो कोठा फराकिलो र अँध्यारो कोठा उज्यालो समेत देखिने उनको तर्क छ । 

रिनोभेसनका लागि बजेट कति छ भन्ने कुराले पनि डिजाइनको रूप र स्तर निर्धारण गर्छ । घरकै भएका पुराना फर्निचरलाई रि–पोलिस गरेर घरलाई ट्ेरडिसनल लुक्समा ढाल्न सकिन्छ । घरैका अनावश्यक सामानहरूलाई रंगरोगन गरेर वा रिसाइकल गरेर पनि सजावटका सामान बनाउन सकिन्छ । यस क्रममा सानै बजेटमा पनि आकर्षक डिजाइनिङ गर्न सकिने डिजाइनर शाक्य बताउँछिन् । 

घरलाई रिनोभेट गर्ने कला 

सबैको चाहना हो, सुन्दर स्वर्गजस्तै घर अनि आकर्षक कोठा । त्यसमाथि चाडपर्वको मौसम । चाडपर्वमा उमङ्ग र खुसीले भरिएको वातावरण बनाउन घरले पनि महत्वपूर्ण भूमिका खेल्छ । चाडपर्वमा घरको सरसफाइ, रंगरोगन एवं साजसज्जाको विशेष महत्व हुन्छ । पूरै इन्टेरियर परिवर्तन गर्न सम्भव छैन भने पनि पर्दा, वाल पेन्ट्स, डेकोरेटिभ आइटम, फर्निचर, कुसन कभर, इनडोर प्लान्टका साथै अन्य सामानहरूको फेरबदल आदिले पनि घरको लुक्स परिवर्तन गर्न सकिन्छ । थोरै परिवर्तनले पनि कोठालाई आकर्षक र सुन्दर देखाउन सकिन्छ । 

कोठा उज्यालो र ठूलो देखाउन पेन्ट्स 

साँघुरो कोठालाई अझ ठूलो देखाउन सफ्टर र हल्का रंग छनोट गर्नुपर्छ । कोठालाई ठूलो र उज्यालो देखाउन रंगले महत्वपूर्ण भूमिका खेल्छ । उज्यालो भित्ता अधिक रिफ्लेक्टिभ हुन्छ, जसले कोठा खुल्ला हुन्छ र हावा ओहोर–दोहोर भैरहेको महसुस गराउँछ । घरको भित्तामा लगाइने रंगले कोठाहरूमा प्राकृतिक प्रकाशको प्रभाव अधिकतम देखाउन मद्दत गर्छ । अर्कातर्फ गाढा रंगले प्रकाश अवशोषित गर्छ र कोठा सानो देखिन्छ । 

वाल फ्रेम्स र ऐना 

कोठाको सुन्दरता बढाउन खाली भित्ताहरूमा सजावट गर्न सकिन्छ । धातुको फ्रेम भएको ऐना काठले बनेको फ्रेमको तुलनामा बढी राम्रो देखिन्छ । यद्यपि काठबाट बनेको फ्रेम पनि राख्न सकिन्छ । विशेष गरी गाढा रंगको काठको फ्रेम प्राकृतिक देखिन्छ । पुरानो फोटो फ्रेममा पुरानै फोटो सजाएर नयाँपन दिन सकिन्छ जसले घरलाई ऐतिहासिक लुक दिन्छ । मूर्तिकलाले पनि भित्ता सजाउन सकिन्छ । भित्तामा राखिएको शिल्पकलाले कोठालाई परम्परागत लुक्स प्रदान गर्छ । 

इन्डोर प्लान्ट

कोठाहरूमा विभिन्न किसिमका इनडोर प्लान्ट राख्न सकिन्छ । हरेक कोठामा बिरुवाहरू आकर्षक गमलामा सजाएर राख्न सकिन्छ । त्यसका लागि धेरै खर्च पनि लाग्दैन । बोटबिरुवा राख्दा कोठाको सुन्दरता मात्र बढ्दैन, घरमा स्वच्छ हावाको सन्तुलनसमेत कायम हुन्छ । बोटबिरूवाले प्रदूषित हावा पनि अवशोषित गर्छन् र हानिकारक ग्यासहरू हटाउँछन् भने हाम्रो जीवनमा रंग थप्छन् र प्रकृतिसँग नजिक पुर्‍याउँछन् । 

डिजाइनर वालपेपर

घरको रौनक बढाउन भित्ताहरू सजाउन सकिन्छ । घरको लुक्स परिवर्तन गर्न भित्तालाई डिजाइनर लुक दिन सकिन्छ । भित्तालाई अलग देखाउन ग्राफिकल पेन्टिङसमेत उपयोग गर्न सकिन्छ । अहिले बजारमा विभिन्न डिजाइनका वालपेपर उपलब्ध छन् । एनिमल प्रिन्टेड, वुड लुकिङ, ब्रिक्स तथा स्टोन वालपेपरले घरको भित्तालाई ट्ेरन्डी लुक दिन्छ । 

कलर कम्बिनेसन 

घरको रंगरोगन गर्ने योजना बनाइएको छ भने त्यही रंग लगाउनुको साटो पूरै रंग परिवर्तन गर्नुपर्छ । कोठाका सबै भित्तामा एउटै रंग लगाउने चलन हराइसकेको छ । अहिले भित्तालाई अलग–अलग सेडमा रंगाउन सकिन्छ । यसले कोठा आकर्षक र फरक देखिन्छ । यदि पूरै भित्ता रंगाउन सकिँदैन भने पनि एक साइडको भित्ता मात्र रंगाउन सकिन्छ । 

स्मार्ट फ्लोरिङ

घरलाई नयाँ लुक दिन फ्लोरिङले पनि विशेष भूमिका खेल्छ । अहिले वुड फ्लोरिङ चलेको छ । वुड फ्लोरिङ स्क्र्याच हुँदैन र सस्तो पनि पर्छ । यसका अतिरिक्त मार्बल र टायल्स फ्लोरिङ पनि आकर्षक रंग तथा सेपमा उपलब्ध छ । फ्लोरलाई अलग लुक दिन इम्ब्रोइडरी र स्टोन वर्क भएको कार्पेटसमेत प्रयोग गर्न सकिन्छ । 

लाइटिङ

घरको लक्जरी लुकका लागि हेंगिङ पेन्डेट, स्याडलेयर तथा वाल लाइट्सहरू लगाउन सकिन्छ । वाल लाइट्स धेरै सेडमा पाइन्छ । घरमा भित्ताको रंगसँग मिल्ने लाइट्स लगाउनुपर्छ । एसेन्ट लाइट्स कुनै विशेष ठाउँ हाइलाइट गर्न लगाइन्छ । यो लाइट्स बैठक कोठाका लागि उपयुक्त हुन्छ । बेड रुमका लागि डिम लाइट प्रयोग गर्नुपर्छ । घर सानो वा होचो छ भने रुफ लाइटिङबाट जोगिनुपर्छ । वाल लाइटिङको प्रयोगबाट घरलाई आकर्षक देखाउनुका साथै विशेष लुक दिन सकिन्छ । 

भान्सा कोठा

घरको फरक लुक दिन डिजाइर मोड्युलर किचनको ट्ेरन्ड छ । आफ्नो इच्छाअनुसार पनि भान्सा तयार गर्न सकिन्छ । भान्सालाई नयाँ लुक दिन डिजाइनर भाँडा वा सेटहरू प्रयोग गर्न सकिन्छ । भान्सामा ओयलबेस्ड पेन्ट गराउनुपर्छ । भान्सालाई आकर्षक देखाउन गाढा रंग प्रयोग गर्नुपर्छ । 

क्रिएटिभ फर्निचर

घरका हरेक कोठा तथा डाइनिङ रुमलाई आकर्षक देखाउन क्रिएटिभ फर्निचर प्रयोग गनुपर्छ । बजारमा उपलब्ध विभिन्न डिजाइनका फर्निचरले घरलाई आकर्षक देखाउनुका साथै तिनले स्पेस पनि कम ओगट्छन् । क्लासिक फर्निचरबाट घरलाई परम्परागत शैलीमा ढाल्न सकिन्छ । 

सिसा 

घरलाई आकर्षक लुक दिन सिसा वा पर्दाले महत्वपूर्ण भूमिका खेल्छन् । बजारमा उपलब्ध विभिन्न डिजाइनका सिसा तथा पर्दाले आकर्षक लुक दिनुका साथै अल्ट्राभायोलेट किरण पनि घरभित्र पस्न दिँदैन । गाढा रंगको सिसाको प्रयोगबाट भने जोगिनुपर्छ । 

पर्दा

घरलाई आकर्षक लुक दिन पर्दाले पनि विशेष भूमिका खेल्छ । यदि घरको पेन्ट्स परिवर्तन गर्न सकिएन भने पनि पर्दा मात्र परिवर्तन गरेर घरलाई फेस्टिभ लुक दिन सकिन्छ । घरलाई आकर्षक लुक दिन नेटको पर्दा प्रयोग गर्न सकिन्छ । घरमा पर्दा लगाउँदा भित्तामा लगाइएको रंगमा भने ध्यान दिनुपर्छ । 

कुसन

सोफा वा लोबेडमा आकर्षक डिजाइनका कुसन राखेर घर सजाउन सकिन्छ । अहिले बजारमा विभिन्न डिजाइनका कुसन उपलब्ध छन् । चाडपर्वमा कुसनको कभर परिवर्तन गरेर नयाँपन अनुभव गर्न सकिन्छ । कुसन कभरका साथै पर्दा, फर्निचर तथा भित्ताको रंग कुनै एउटा थिममा आधारित भए अझ वेश हुन्छ ।

डेकोरेटिभ आइटम

स–साना डेकोरेटिभ आइटमबाट पनि घरलाई फेस्टिभ लुक दिन सकिन्छ । यस्ता सामान कोठाको खाली ठाउँमा सजाएर राख्दा आकर्षक देखिन्छ । बजारमा विभिन्न डिजाइनका ल्याम्प उपलब्ध छन् । ल्याम्पले कोठाको सुन्दरता बढाउन मद्दत गर्छन् । फ्लावर भास, माटाका भाँडाहरू (सिरामिक्स), प्राकृतिक तथा कृत्रिम फूल आदिले कोठाको सुन्दरता बढाउन सकिन्छ । 

बगैंचा

आफ्नो घरलाई अलग लुक दिन बोन्साई वा अन्य बिरुवा प्रयोग गर्न सकिन्छ । नर्सरीमा धेरै प्रकारका बोटबिरुवा पाइन्छन् जसको प्रयोग बेडरुम, ड्रइङ रुम, लिभिङ रुम तथा घरको इन्ट्री गेटमा राख्न सकिन्छ । यसले घरलाई नेचुरल लुक दिन्छ । 

कलात्मक गमला 

घर सजावटमा गमलाले पनि महत्वपूर्ण भूमिका खेल्छ । अहिले बजारमा विभिन्न डिजाइन एवं साइजका, आकर्षक रंगका, हलुका तथा गुणस्तरीय गमलाहरू उपलब्ध छन् । सामान्यतया माटो र प्लास्टिकका गमला प्रयोग गरिने भए पनि काठ, ढुंगा, बाँस, सिमेन्ट आदिबाट तयार पारिएका गमला पनि उत्तिकै प्रचलित छन् । आफूलाई मनपर्ने डिजाइनका गमलामा फूल तथा बिरुवा रोपेर बगैंचा वा कोठा सजाउन सकिन्छ ।

घर रिनोभेट गर्नुअघि के गर्ने ?

घर रिनोभेट गर्नुअघि केही कुरामा सतर्क हुनुपर्छ किनभने कुनै पनि गल्तीका कारण विपरीत परिणाम प्राप्त हुन सक्छ । त्यसकारण काम सुरु गर्नुअघि नै केही कुरामा ध्यान पुर्‍याउनुपर्छ । 

सही बजेट

घरको नवीकरण सुरु गर्नु पहिले बजेट तयार गर्नु जरुरी हुन्छ । बजेट तयार गरेपछि त्यहीअनुसार खर्च गर्न सजिलो हुन्छ अन्यथा कहिलेकाहीँ सोचेभन्दा बढी खर्च हुनसक्छ । 

सही ठाउँ

घरको नवीकरण गर्न सही ठाउँको छनोट गर्नुपर्छ । कति खर्च लाग्छ ? कस्तो डिजाइन गर्ने छलफल गर्नुपर्छ । अनुभवी डिजाइनरलाई घरको नवीकरण गर्ने जिम्मा दिनुपर्छ ।

सूची तयार गर्ने

घरलाई नवीकरण गर्न के–के काम गर्ने हो त्यसको सूची पहिले नै तयार गर्नुपर्छ । नयाँ के बनाउने ? कस्तो डिजाइन बनाउने सबै कुरा क्रमबद्ध रूपमा लेखेर सूची तयार गर्दा काम गर्न सजिलो हुन्छ र सबै काम समयमै सम्पन्न हुन्छ ।

 

काममा निगरानी राख्ने

घरको काम भैरहँदा सँगै बसेर काम लगाउनुपर्छ वा कस्तो काम भैरहेको छ हेर्नुपर्छ । कहाँ, कस्तो र के बनाउने हो घरधनीलाई मात्र थाहा हुन्छ । यस्तोमा कहाँ बिग्रिएको छ भनेर पहिले नै थाहा हुन्छ र काम लगाउन पनि सजिलो हुन्छ ।

 

 Image