Successfully Copied

हेयर स्टाइलको ट्रेन्ड

केश प्राकृतिक रूपमै कर्ली छ भने मिडियम होलको स्टाइलिङ प्रोडक्ट अप्लाई गर्दा राम्रो देखिन्छ । यस्तो हेयर काइँयोले कोर्दा अझ फ्रिजी देखिन्छ । टिनएजरहरूमाझ भने सर्ट हेयर स्टाइल फेसनमा छ ।  लुकमा परिवर्तन ल्याउन हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । यसका लागि अम्ब्रे, बालाइज कलर ट्रेन्ड छ

सन्तोष गुरुङ / हेयर स्टाइलिस्ट एन्ड कलर एक्सपर्ट

अहिले एउटै हेयर स्टाइलमा सीमित हुने जमाना छैन । सामान्य जीवन चलाउनेदेखि सेलिब्रेटीहरूमा पनि विविध हेयर स्टाइलमा रहने सोच हाबी हुँदै गएको छ । यसैगरी हेयर स्टाइलको दुनियाँमा पनि आधुनिक हेयर स्टाइलदेखि परम्परागत हेयर स्टाइलसम्म कायमै छन् । हेयर स्टाइलको कुरा गर्ने हो भने अहिले धेरैजसो रफ तथा वाइल्ड हेयर स्टाइल चलेको पाइन्छ । अहिले मानिसहरू चिटिक्क परेको भन्दा पनि गज्याङगुजुङ हेयर स्टाइलप्रति आकर्षित छन् ।

युवाहरूको हकमा आर्यन फेस हुनेहरूका लागि निधार देखाउने किसिमको हेयर स्टाइल उपयुक्त हुन्छ भने मंगोलियन फेसका लागि फोरलक हेयर स्टाइल सुहाउँछ । पुरुषहरूले नब्बेको दशकमा फेसनमा रहेको क्लासिक हेयर स्टाइल फलो गरिरहेको पाइन्छ । महिलाहरूमा पहिरनअनुरूप कस्तो देखिन्छ भन्ने कुरादेखि लिएर कस्तो फेसकटमा कस्तो हेयर स्टाइल बनाउने भन्ने कुरा प्राथमिकतामा पर्छ । 

हेयर स्टाइलका लागि सबैभन्दा पहिले नेचुरल हेयर टेक्चर, फेस कट तथा पहिरनअनुसार हेयर स्टाइल फरक हुन्छ । अहिले वाइल्ड स्टाइल तथा मेसी वन फेसनमा छ । त्यसमा पनि स्क्वायर वा राउन्ड फेस कट हुनेहरूले केश कर्ली गरी अगाडि हल्का छोड्दा राम्रो देखिन्छ । छोडेको वेभ हेयरले फेसको पार्टलाई कभर गरी फेस लामो देखाउँछ । निधारको साइड छोटो छ भने सेन्टर पार्ट गर्नुपर्छ र निधार ठूलो हुनेले साइड पार्ट लिनुपर्छ । केश पातलो छ भने चक्र जुन ठाउँमा फर्किएको छ त्यसको अपोजिट लिँदा केशको भोलुमले आकर्षक देखिन्छ । 

केश प्राकृतिक रूपमै कर्ली छ भने मिडियम होलको स्टाइलिङ प्रोडक्ट अप्लाई गर्दा राम्रो देखिन्छ । यस्तो हेयर काइँयोले कोर्दा अझ फ्रिजी देखिन्छ । टिनएजरहरूमाझ भने सर्ट हेयर स्टाइल फेसनमा छ । 

लुकमा परिवर्तन ल्याउन हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । यसका लागि अम्ब्रे, बालाइज कलर ट्रेन्ड छ भने हाइलाइटरको ट्रेन्ड पनि बढी छ । स्टाइलिस्ट, ग्ल्यामरस र आई क्याची देखाउन वा भीडमा आफूलाई अलग रूपमा प्रस्तुत गर्न केशलाई हाइलाइट गर्नु राम्रो विकल्प हो । यसमा सम्बन्धित विज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । 

छालाअनुरूप रंग चयन 

नेचुरल कलर : जब कुरा नेचुरल कलरको आउँछ तब धेरैले ब्राउन, रेड वा बरगन्डी कलर प्रयोग गर्छन् । आफ्नो छालाको टोनलाई ध्यानमा राखी केश कलर गराउनुपर्छ । छालाको टोन पहेंलो छ भने गोल्ड वा ब्राउन कलर प्रयोग गर्दा अनुहार बढी पहेंलो देखिन्छ । 

ब्राउन कलर : यो एउटा सेफ कलर हो । फेस कलर भएकाहरूलाई पनि ब्राउन कलर सुहाउँछ ।

बरगन्डी : यो कलर निकै चर्चित छ । छालाको टोन ओलिभ वा एलो रंगको छ भने यो कलर छान्नुपर्छ । यो रंग अलि गाढा छालामा सुहाउँछ । 

रेड : यो कलरका अनेकौं सेड उपलब्ध छन् । छाला धेरै गोरो छ भने कपर वा लाइट रेड प्रयोग गर्नुपर्छ, न कि ओरेन्ज । ओलिभ छालामा ब्लु बेस रेड कलर प्रयोग गर्न सकिन्छ जुन गाढा रातो हुन्छ । छाला रातो छ भने रेड हेयर कलर लगाउनु उपयुक्त हुँदैन । 

गोल्डेन : यो रंग इन्डोएसियन छालामा त्यति सुहाउँदैन । 

मोक्का कलर : डार्क बेसको रिच मोक्का पनि अहिले बजारमा उपलब्ध छ । कफी बेसको यो कलर घाममा रिफलेक्स हुँदा अझ सुन्दर देखिन्छ । यो कलर कामकाजी महिलाहरूका लागि उपयुक्त छ । 

हाइलाइट

अहिले टिनएजरदेखि प्लस ४० सम्मका महिला तथा पुरुषको केश हाइलाइट गर्न चाहन्छन् । केशलाई हाइलाइट गर्दा आफ्नो स्किन टोनलाई भने ध्यान दिनैपर्छ । कालो स्किन कलर भएकाहरूले यस्तो कलर गर्दा सुहाउँदैन तर एस कलरको हाइलाइटले भने आकर्षक देखाउँछ । हुन त जुनसुकै व्यक्तिलाई जुनसुकै कलर उत्तिकै सुहाउँछ तर त्यसलाई राम्रो हेयर एक्सपर्टले आकर्षक ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । अहिले टिनएजदेखि नै ग्रे हेयरको समस्याले जोकसैलाई सताएको पाइन्छ । प्राकृतिक रूपमा आएको ग्रे हेयर आफूले चाहेजस्तो गरी आउँदैन । त्यसलाई एक्सपर्टकहाँ गएर ह्वाइट कलरलाई मिक्स गरी ट्रेन्डी बनाउन सकिन्छ ।

 Image