Successfully Copied

चाडपर्वमा व्यायामलाई निरन्तरता

चाडपर्व भन्दैमा चिल्लो, पिरो, तथा मरमसला बढी भएका खानेकुरा खानुहुँदैन भने आवश्यकताभन्दा बढी पनि खानुहुँदैन । मासुका साथमा तरकारी तथा फलफूल  पनि खानुपर्छ । 

नीरोज लामा /जस्मिन फिट्नेस एन्ड स्पा 

    चाडपर्व भन्नेबित्तिकै सबैको दिमागमा मीठो खाने र राम्रो लगाउने कुरा क्लिक हुन्छ । यतिबेला आवश्यकताभन्दा बढी खाइन्छ । चाडपर्व वा अन्य समयमा आफ्नो स्वास्थ्यमा पनि ध्यान पुर्‍याउनुपर्छ । 

    शरीरलाई फिट एन्ड फाइन राख्न खाना, व्यायाम तथा आरामको आवश्यकता पर्छ । 

    चाडपर्व भन्दैमा चिल्लो, पिरो, तथा मरमसला बढी भएका खानेकुरा खानुहुँदैन भने आवश्यकताभन्दा बढी पनि खानुहुँदैन । मासुका साथमा तरकारी तथा फलफूल  पनि खानुपर्छ । 

    लामो बिदा भयो भनेर निस्क्रिय जीवन बिताउनुहुँदैन । आफूले गर्नुपर्ने नियमित व्यायाम गर्नुपर्छ । व्यायामले शरीरलाई स्वस्थ राख्छ । 

    यसैगरी घरमै स्ट्रेचिङ पनि गर्न सकिन्छ । बिहान–बेलुकी केही समय हिँडडुल गर्नुपर्छ । खाना खानासाथ हिँड्नु हुँदैन । खाएको १० देखि १५ मिनेटपछि हिँड्नुपर्छ । 

    चाडपर्वलाई ठिक्क मात्रामा खाँदै व्यायाम गरेर स्वस्थ रूपमा सेलिब्रेट गर्नुपर्छ । 

 Image