Successfully Copied

उपयुक्त नेल एक्सटेन्सन

नङलाई हात एवं खुट्टाको आकर्षण मानिन्छ । कतिपयको नङ प्राकृतिक रूपमै कमजोर, नबढ्ने अनि टुटेर जाने खालको हुन्छ । कुनै–कुनै पेसामा नङ पाल्न बन्देजसमेत लगाइएको हुन्छ । त्यसैले कुनै विशेष समयका लागि विभिन्न प्रकारले नङ सजाउने प्रविधिको विकास भएको छ । यसरी विशेष अवसरमा गरिने नेल एक्सटेन्सन

नङलाई हात एवं खुट्टाको आकर्षण मानिन्छ । कतिपयको नङ प्राकृतिक रूपमै कमजोर, नबढ्ने अनि टुटेर जाने खालको हुन्छ । कुनै–कुनै पेसामा नङ पाल्न बन्देजसमेत लगाइएको हुन्छ । त्यसैले कुनै विशेष समयका लागि विभिन्न प्रकारले नङ सजाउने प्रविधिको विकास भएको छ । यसरी विशेष अवसरमा गरिने नेल एक्सटेन्सन तीन प्रकारको हुन्छ ।

१. फेक नेल एक्सटेन्सन ।

२. एक्रेलिक नेल एक्सटेन्सन ।

३. जेल नेल एक्सटेन्सन ।

यी सबै प्रकारका नेल एक्सटेन्सनले प्राकृतिक नङको लुक दिए पनि बनावट एवं रसायनअनुसार टिकाउपन भने फरक–फरक हुन्छ । फेक नेल बनाउन समय लाग्दैन तर टिकाउन कठिन हुन्छ । यस्तो नङ प्राय: ७ देखि १० दिनमात्र रहन्छ । एक्रेलिक तथा जेल नेल बनाउन केही समय लागे पनि एक महिनाभन्दा बढी टिक्नुका साथै यस्तो नङबाट जुनसुकै काम गर्न सकिन्छ । यो नङ घरायसी कामकाजमा व्यस्त गृहिणीका लागि पनि उपयुक्त मानिन्छ ।

नेल एक्सटेन्सनमध्ये जेल नेल एक्सटेन्सन नेपालमा बढी प्रचलित छ । जेल नेल एक्सटेन्सनमा जेल पोलिस, पर्मानेन्ट पोलिस, पर्मानेन्ट वा टेम्पररी नेल आर्ट गर्न सकिन्छ । समयअनुसार विभिन्न नेल आर्ट गर्न सकिन्छ । नेल आर्ट गर्नुअघि नङलाई स्यानिटाइज गर्नुपर्छ । हातमा धूलो एवं कीटाणु टाँसिने हुँदा स्यानिटाइजर वा इथ्यानोल कपासमा राखेर आफ्नो र क्लाइन्टको नङदेखि हत्केलाको भागसम्म सफा गर्नुपर्छ । नङमा पलिस लगाएको भए हटाउनुपर्छ । त्यसपछि नङलाई आकार दिन सकिन्छ ।

जेल नेल एक्सटेन्सन प्राकृतिक नङभन्दा लामो हुनुपर्छ । सबैभन्दा पहिले नङलाई राउन्ड सेपमा छोटो बनाउनुपर्छ । फेक नेल वा चिप नेलमा ग्लु टाँसेर नङमा टाँस्नुपर्छ । यसरी टाँस्दा नङको आधा भाग ढाक्ने गरी ग्लुले टाँसिदिनुपर्छ । यसरी टाँसिसकेपछि अलि ठूलो साइजको नेल कटरले क्लाइन्टको इच्छानुसार नङलाई राउन्ड, स्क्वायर, स्क्वायर अप, ओभल वा प्वाइन्टेड सेप दिन सकिन्छ ।

दुईथरी नङलाई जोडेको भाग बाहिर देखिने हुनाले यसलाई हल्का फाइलिङ गरी नङकै सतहमा मिलाउनुपर्छ । त्यसको माथि जेल एक्सटेन्सन लिक्विड वा जेल बिल्डर राख्दा नङलाई स्मुथ बनाउन सकिन्छ । यो झोल भएकाले बगिरहन्छ । त्यसैले यसलाई युभी लाइटमा करिब ६० सेकेन्डजति सुकाउनुपर्छ । जेल बिल्डर सुकेपछि त्यसलाई अझै स्मुथ बनाउन फाइलिङ गरेर बेस कोट लगाउनुपर्छ । यो पनि जेलमै हुने भएकाले यसलाई सुकाउन ६० सेकेन्डजति युभी लाइटमा राख्नुपर्छ । त्यसपछि आफूलाई मनपर्ने रंग रोज्नुपर्छ । दसैंमा विशेषगरी रातो, नीलो, गोल्डेन, पिंक, पर्पल आदि रंग बढी चल्छ ।

नेल आर्टको डिजाइन भने क्लाइन्टको इच्छाअनुसार वा उनीहरूलाई कस्तो सुहाउँछ नेल आर्टिस्टको परामर्शलाई प्राथमिकता दिनु राम्रो हुन्छ । लगाएको रंग लामो समयसम्म टिकाउन वा चम्किलो राख्न माथिबाट जेल फममा टप कोट लगाइन्छ । जेल क्लिनरले त्यो टप कोटलाई हल्का पुछ्नुपर्छ । यसरी पुछेपछि चिपचिप हुने, टाँसिने समस्या हराएर स्मुथनेस आउँछ ।

नङको हेरचाह

    नियमित रूपमा नङको हेरचाह गरे नङ स्वस्थ एवं सफा हुन्छन् ।

    क्युटिकल काट्ने, नङलाई आकार दिने अनि पुसर प्रयोग गरी फोहोर निकाल्ने ।

    क्युटिकल कटरले डेडसेल काटेर नङलाई सफा गर्ने ।

 Image