Successfully Copied

ट्रेडिसनल वेयरमा डिजाइनर्स लुक्स

अहिले धेरैजसो महिला साडी लगाउँदैनन् । व्यस्त समयका कारण महिलाहरू इजी वेयरतर्फ आकर्षित हुँदैछन् । तैपनि तीज र दसैंमा भने विवाहित महिलाहरू साडी नै लगाउन खोज्छन् । साडीलाई पनि इजी टु वेयरका रूपमा स्कर्ट साडी, ड्रपिङ साडी, पाइन्ट स्टाइलमा साडी, ग्याडर साडीहरू सजिलो हुने भएकाले यही

उषा खड्गी, फेसन डिजाइनर

दसैंका लागि के–कस्ता पहिरन डिजाइन गर्दै हुनुहुन्छ ?

साडी, कुर्ता, लेहेंगा, वान पिसका साथमा प्लाजो पाइन्टमा डिजाइनर टप्स, सर्ट तथा कुर्तीहरू डिजाइन गरेकी छु । अरु बेला जुनसुकै पहिरन लगाए पनि दसैंमा ट्रेडिसनल पहिरन नै लगाउने सोच हुने हुँदा ट्रेडिसनल वेयरमा डिजाइनर लुक्सलाई प्राथमिकता दिएकी छु ।

साडीमा नयाँपन दिन खोज्नुभएको छ ?

अहिले धेरैजसो महिला साडी लगाउँदैनन् । व्यस्त समयका कारण महिलाहरू इजी वेयरतर्फ आकर्षित हुँदैछन् । तैपनि तीज र दसैंमा भने विवाहित महिलाहरू साडी नै लगाउन खोज्छन् । साडीलाई पनि इजी टु वेयरका रूपमा स्कर्ट साडी, ड्रपिङ साडी, पाइन्ट स्टाइलमा साडी, ग्याडर साडीहरू सजिलो हुने भएकाले यही थिममा साडी तयार गरिरहेकी छु । दसैंका लागि हेभी भन्दा हल्का वर्क, प्याच वर्क, प्लेनलाई नै प्राथमिकता दिएकी छु । दसैंमा हेभी पहिरन लगाउँदा मुभमेन्ट गर्न पनि गाह्रो हुन्छ । त्यति मात्र होइन गहना तथा मेकअपले त्यत्तिकै हेभी लुक्स दिने भएकाले सिम्पल साडीमा डिजाइनर वर्क गराउनु उपयुक्त हुन्छ ।

दसैंका लागि कस्ता पहिरन आकर्षक देखिन्छन् ?

दसैं भन्नासाथ पारिवारिक चाड भन्ने सोच आइहाल्छ । बोर्डरमा भेल्भेट, ब्रोकेट, ह्यान्ड वर्क गरिएका अरू कलरका फेब्रिकहरू राख्दा फरक र राम्रो पनि देखिन्छ । कुर्ता लगाउने हो भने रातो, ग्रिन, पिंक वा गोल्डेन हेभी सलमा प्लेन गोल्डेन, ग्रिन, एल्लो, अरेन्ज वा रातै कुर्ता लगाउन सकिन्छ । यदि सल हेभी लगाउने हो भने कुर्ता वा लेहेंगा प्लेन नै बनाउनुपर्छ । चाडपर्वका लागि सिल्कको सरारा कुर्ता तथा प्लेन सिल्कका लेहेंगा पनि राम्रा देखिन्छन् । तल–माथि एउटै कलरले आकर्षक लुक्स दिन्छ । 

टीका लगाउन जाँदा कस्ता पहिरन उपयुक्त हुन्छन् ?

कामकाजी महिलाहरूले जिन्समा लंग कुर्ती, एउटै सेडको कुर्ता, एंकल लेन्थ पाइन्ट स्टाइलमा लंग कुर्ती, ब्रोकेट कुर्तामा पाइन्ट, कलरफुल वान पिस आदि लगाउन सकिन्छ । सिम्पल पहिरन छ भने हेभी डिजाइनको सलले फेस्टिभ लुक्स दिन्छ । साडी लगाउने हो भने जर्जेट प्रिन्टेड ब्लाउज र साडी, सिल्क प्रिन्टेड साडी राम्रो र स्टाइलिस्ट पनि देखिन्छ । यसपटक प्रिन्टेड साडी फेसनमा छ । 

दसैंमा महँगा पहिरन खोज्ने महिलाहरूलाई के भन्नुहुन्छ ?

महँगो हुँदैमा राम्रो हुने होइन । आफ्नो जिउ, समयका साथै सजिलो हुने गरी कम बजेटमा पनि डिजाइनर वेयर तयार गराउन सकिन्छ । त्यसका लागि महँगो मात्र राम्रो हुन्छ भन्ने सोच त्याग्नुपर्छ । कतिपय पुराना साडीलाई मोडिफाइ गरी बोर्डर, प्याच वा ह्यान्ड वर्क गराई समयअनुसारका ब्लाउज बनाएर पनि सस्तोमै फरक लुक्समा देखिन सकिन्छ । यद्यपि त्यो पहिरनमा सुन्दर देखिनुका साथै सजिलो पनि हुन्छ भन्ने मानसिकता बनाउनुपर्छ ।

 Image