Successfully Copied

तीर्थ श्रेष्ठका तीन मुक्तक

पीडैपीडाको प्रहारबीच पनि सुखद् जित हौ तिमी प्यासी धरतीको प्यास मेट्न झर्दै गरेकी शीत हौ तिमी मेरो ह्दयको कोमल प्रदेशमा सदा तिम्रै वास छ फेरि पनि लाग्छ मैले लेख्न बाँकी कुनै सुन्दर गीत हौ तिमी ।

१. जिन्दगीमा केही सकिन भने पनि तिम्रा लागि अमिट याद भैदिउँला

उजाड भयो भने पनि धरती, तिम्रा लागि म सधैं आवाद भैदिउँला

कोलाहल नै कोलाहलको यो दुनियाँमा 

तिम्रो अंगालोमा सुम्पिएर आफूलाई, म मौनतामा अनुवाद भैदिउँला ।

२. पीडैपीडाको प्रहारबीच पनि सुखद् जित हौ तिमी

प्यासी धरतीको प्यास मेट्न झर्दै गरेकी शीत हौ तिमी

मेरो ह्दयको कोमल प्रदेशमा सदा तिम्रै वास छ

फेरि पनि लाग्छ मैले लेख्न बाँकी कुनै सुन्दर गीत हौ तिमी ।

३. ओठको डिलबाट मुस्कानले आत्महत्या गर्दागर्दैको आकाश हुँ म

कठै मनका सबै पखेटा खोसिएर उदास परिस्थितिको यौटा दास हुँ म

आफ्नै मनका बेलगाम घोडाहरूले कुल्चिएर मरेका छन् सपनाहरू

तिनै मरेका सपनाहरू सुमसुम्याउँदै जिउँदै मरिरहेको यौटा लास हुँ म ।

 Image