Successfully Copied

सदा भइन् नेक्स्ट सुपर मोडल

चौथो संस्करणको नेपाल्स नेक्स्ट सुपर मोडल–२०१९ को उपाधि सादा थापाले जितेकी छिन् । आर एन्ड आर ग्रुपको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सादाले उपाधिसहित २५ हजार रुपैयाँ नगद पनि पाइन ।

चौथो संस्करणको नेपाल्स नेक्स्ट सुपर मोडल–२०१९ को उपाधि सादा थापाले जितेकी छिन् । आर एन्ड आर ग्रुपको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सादाले उपाधिसहित २५ हजार रुपैयाँ नगद पनि पाइन । प्रतियोगितामा निरिसा दली श्रेष्ठले फस्ट रनर्सअपको उपाधि जितिन् भने कृतिका श्रेष्ठले सेकेन्ड रनर्सअपमा चित्त बुझाइन् ।

प्रतियोगितामा मिस फोटोजेनिकको उपाधि प्रेरणा बलायाले, बेस्ट फिगरको उपाधि गीता महर्जनले, मिस मल्टिमिडिया र मिस कन्जिनियालिटीको उपाधि कृतिका श्रेष्ठले, बेस्ट हेयरको उपाधि पूर्णिमा श्रेष्ठले, बेस्ट वाक र बेस्ट स्किनको उपाधि निरिसा दली श्रेष्ठले तथा मिस पर्सनालिटीको उपाधि साइलिना भुजेलले जिते । 

 Image