Successfully Copied

खाना र डिप्रेसन

साल्मोन माछामा ओमेगा ३ फ्याटी एसिड भन्ने तत्व पाइन्छ । यसले मस्तिष्कको कोषिकाहरूलाई क्रियाशील बनाउँछ । धेरैजसो अवस्थामा डिप्रेसनका रोगीको शरीरमा ओमेगा ३ फ्याटी एसिड कम हुन्छ । 

खानुपर्ने कुराहरू

उसिनेको अन्डा र दूध : यो भिटामिन डीको राम्रो स्रोत हो । कहिलेकाहीं यो पोषक तत्व धेरै कम हुँदा पनि डिप्रेसनको देखा पर्न सक्छ । 

ब्राजिल नट्स र सनफ्लावरको बियाँ : यसमा सेलेनियम भन्ने तत्व पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । एक वयस्क युवाका लागि दैनिक ५५ माइक्रोग्राम सेलेनियम आवश्यक पर्छ ।

हरियो सागसब्जी : पालुंगो, ब्रोकाउली, कुरिलो, सिस्नो पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । त्यसमा म्याग्नेसियम, जिंक प्रशस्त मात्रामा पाइने भएकाले मस्तिष्क स्वस्थ राख्छ । 

साल्मोन माछा : साल्मोन माछामा ओमेगा ३ फ्याटी एसिड भन्ने तत्व पाइन्छ । यसले मस्तिष्कको कोषिकाहरूलाई क्रियाशील बनाउँछ । धेरैजसो अवस्थामा डिप्रेसनका रोगीको शरीरमा ओमेगा ३ फ्याटी एसिड कम हुन्छ । 

पाकेको केरा र एभोकाडो : एभोकाडो र केरामा पर्याप्त मात्रामा ट्रिप्टोफन नामक शरीरलाई आवश्यक पर्ने एमिनो एसिड पाइन्छ । ट्रिप्टोफनले समयमा निद्रा लाग्छ । त्यसैले पर्याप्त मात्रामा केरा र एभोकाडो सेवन गराउनुपर्छ । 

डार्क चकलेट : ७० प्रतिशत कोका भएको गाढा चकलेट डिप्रेसनका बिरामीका लागि फाइदाजनक मानिन्छ । 

नखानु राम्रो 

जंकफुड, चिनी तथा मैदाबाट बनेका प्रशोधित परिकार, तयारी फ्रुट जुस, इनर्जी ड्रिंक्स, टोम्याटो केचप, कफी, मायोनिज या मायोनिज प्रयोग हुने पिज्जा, केक र सोया सस नखानु स्वास्थ्यका लागि उपयुक्त हुन्छ । 

 Image