Successfully Copied

डली गुरुङको  मेरो क्यान्सर यात्रा 

 क्यान्सर भएपछि जीवनलाई नजिकबाट महसुस गरेकी डलीले आफ्नो जीवन यात्रा र क्यान्सरपछिको यात्रालाई समेटेर मेरो क्यान्सर यात्रा (माई क्यान्सर जर्नी) पुस्तक सार्वजनिक गरेकी छिन् । ठूलो आन्द्राको क्यान्सर भएपछि उनमा जीवन के रहेछ भन्ने आत्मज्ञान पलायो ।   

 क्यान्सर भएपछि जीवनलाई नजिकबाट महसुस गरेकी डलीले आफ्नो जीवन यात्रा र क्यान्सरपछिको यात्रालाई समेटेर मेरो क्यान्सर यात्रा (माई क्यान्सर जर्नी) पुस्तक सार्वजनिक गरेकी छिन् । ठूलो आन्द्राको क्यान्सर भएपछि उनमा जीवन के रहेछ भन्ने आत्मज्ञान पलायो ।   

नेपालकी प्रथम महिला मोडल हुन्–डली गुरुङ (प्रतिभा) याकथुम्बा । उनको परिचय त्यतिमा मात्र सीमित छैन । गुरूङ सफल उद्यमी एवं पर्यटन व्यवसायी पनि हुन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध गुरूङ समयले भ्याएसम्म कोरियोग्राफी पनि गर्छिन् ।

नेपालमै पहिलोपटक आयोजित ‘सुदीप्त क्यान्सर सर्भाइभर र्‍याम्प शो’ तथा ‘सुदीप्त सुपर किड्स क्यान्सर सर्भाइभर र्‍याम्प वाक’ को सफल कोरियोग्राफी गरेकी थिइन्–डलीले । त्यसमा क्यान्सरलाई जितेका तथा उपचारका क्रममा रहेका महिला–पुरुष एवं बालबालिकाहरूसहभागी थिए ।

क्यान्सर भएपछि जीवनलाई नजिकबाट महसुस गरेकी डलीले आफ्नो जीवन यात्रा र क्यान्सरपछिको यात्रालाई समेटेर मेरो क्यान्सर यात्रा (माई क्यान्सर जर्नी) पुस्तक सार्वजनिक गरेकी छिन् । ठूलो आन्द्राको क्यान्सर भएपछि उनमा जीवन के रहेछ भन्ने आत्मज्ञान पलायो । क्यान्सर भएपछि के गर्ने ?आफै रोएर, परिवार, साथीभाइ एवं आफन्तहरूलाई रुवाउने ? उनले आफूलाई क्यान्सरपछि अझ उत्साहित भएर आफन्तहरूलाई ढाडस दिँदै गइन् । 

ज्ञानोदय बालबाटिका स्कुल ललितपुरकी संस्थापक एवं पुस्तक लेखिका डली गुरुङ याकथुम्बाकी सासू इन्दिरा याकथुम्बाले ललितपुर पुल्चोकस्थित डलीकै व्यावसायिक केन्द्र ‘मोक्ष’ मा उक्त पुस्तक विमोचन गरेकी थिइन् । पुस्तकमा उनले आफूलाई क्यान्सर लागेदेखि उपचारका क्रममा रहँदा र निको हुँदासम्मका सुख–दु:खका अनुभव एवं भावना व्यक्त गरेकी छिन् भने पुस्तक आकर्षक तस्बिरहरूले सजिएको छ ।

‘मलाई क्यान्सर भएपछि उपचारका लागि मेरा आफन्त एवं इष्टमित्रले विदेशी अस्पतालमा जान सुझाएका थिए, तर मैले आफ्नो रोगको उपचार नेपालकै डाक्टरहरूबाट गराएँ र अहिले पूर्णरूपमा निको पनि भयो’–पुस्तक विमोचन समारोहमा डलीले भनिन् ।

उनले जीवनका विभिन्न रंग, समय एवं परिस्थितिको थिममा विशेष फोटोसुट गराएकी थिइन् जुन पुस्तकमा समेटिएको छ । ५ दिन चलेको उक्त प्रदर्शनीमा भएका तस्बिर बिक्रीसमेत गरिएको थियो । ‘क्यान्सर लाग्दैमा आात्तिनु पर्दैन, समयमै सही ठाउँमा उपचार गरे निको हुन्छ’ भन्ने सन्देशसहितको उक्त पुस्तक तथा प्रदर्शनीमा राखिएका तस्बिर बिक्रीबाट प्राप्त रकम गरिब क्यान्सर रोगी महिलाको उपचारमा खर्च गरिने बताइएको छ । 

 Image