मिस्टर एन्ड मिस ब्लाइन्ड
कार्तिक ४, २०७६
सधैजसो नाटक तथा सांस्कृतिक कार्यक्रम भैरहने राष्ट्रिय नाचघरको हरिप्रसाद रिमाल नाट्यलयमा भदौ ३० गते एउटा भिन्न कार्यक्रम सम्पन्न भयो ।
त्यहाँ हातमा सेतो छडी लिएर २१ प्रतिस्पर्धी आफ्नो जीवनमा घटेका विभिन्न घटना, कथा तथा आफ्नो जीवनको लक्ष्य–उद्देश्यसहित प्रस्तुत भएका थिए । १४ जना महिला तथा ७ पुरुष प्रतिस्पर्धीमध्ये ५ जना मात्र अल्पदृष्टिका थिए ।
अडिसनबाट एक हप्ताअघि सुरु भएको मिस्टर एन्ड मिस ब्लाइन्ड रकर्समा छनोट भएका सहभागीहरूले तीन दिनसम्म आफ्नो व्यक्तित्व तथा आत्मविश्वास कसरी बढाउने, स्टेजमा कसरी हिँड्ने, कसरी उभिने, कसरी बोल्ने, आफ्ना तर्क कसरी प्रस्तुत गर्ने भन्ने विषयमा तालिम लिएका थिए ।
अवसर पाए दृष्टिविहीनहरू पनि सबै काम गर्न सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्न उक्त कार्यक्रम आयोजित गरिएको ब्लाइन्ड रकर्सकी संस्थापक सृष्टि केसी बताउँछिन् ।
प्रतियोगिताको उपाधि स्वर्णिम वाग्ले तथा स्मारिका पोखरेलले हात पारे पनि सबै प्रतिस्पर्धीले विभिन्न बाधा–अड्चन भए पनि मात्र तीन दिने तालिममा यहाँसम्म आएर आफूलाई यसरी प्रस्तुत गर्न सक्नुले आफ्नो आत्मविश्वास बढाएको कुरा बताए ।
शब्द तथा तस्बिर : श्रुति श्रेष्ठ
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्