Successfully Copied

प्रियंकाका कार्कीको जीवनका महत्वपूर्ण चार ट्याटु

अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको शरिरमा जम्मा चारवटा ट्याटु छन् । उनी सानैदेखि ट्याटु मन पराउँथिन् । त्यही भएर प्रियंकाले आफ्नो शरीरमा अहिलेसम्म चारवटा ट्याटु खोपाइसकेकी छिन् । ती सबै ट्याटुको फरक–फरक अर्थ भएको उनले बताइन् । प्रियंकाले भनिन्— मेरो जीवनसँग जोडिएका यी ट्याटुले मेरो जीवनमा विशेष

अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको शरिरमा जम्मा चारवटा ट्याटु छन् । उनी सानैदेखि ट्याटु मन पराउँथिन् । त्यही भएर प्रियंकाले आफ्नो शरीरमा अहिलेसम्म चारवटा ट्याटु खोपाइसकेकी छिन् । ती सबै ट्याटुको फरक–फरक अर्थ भएको उनले बताइन् । प्रियंकाले भनिन्— मेरो जीवनसँग जोडिएका यी ट्याटुले मेरो जीवनमा विशेष अर्थ तथा महत्व राख्छन् । प्रियंकाका ती चारवटै ट्याटु विदेशमा खोपाइएका हुन् । 

ती ट्याटुमा प्रियंकाले आफूलाई मन पर्ने रंगहरू प्रयोग गरेकी छिन् । उनको पहिलो ट्याटु अमेरिकामा हुँदा १३ वर्षअघि खोपाइएको थियो । दाहिने हातको पाखुरामा भएको उक्त ट्याटुमा मर्मेडको आकृति अंकित छ । उक्त मर्मेडको हात आकाशतिर फैलिएको छ । यो ट्याटुले मर्मेड पानीसँगै आकाशतिर पनि फैलन सक्छ भन्ने अर्थ राख्छ । प्रियंकाका अनुसार यो ट्याटुले असम्भव भन्ने केही पनि छैन भन्ने सन्देश दिन्छ । उनको दोस्रो ट्याटु कोखा र छातीको बीचमा छ, जसमा डिज्नीको एउटा भनाइ कुँदिएको छ । प्रियंकालाई आफू पनि डिज्नीको क्यारेक्टरजस्तै हन्छु भन्ने लाग्थ्यो । 

उनलाई डिज्नीले धेरै हदसम्म काल्पनिक पनि बनायो । उक्त ट्याटुमा लेखिएको छ— ‘अ ड्रिम इज अ विस युर हार्ट मेक ।’ कार्कीको अर्काे ट्याटु दाहिने खुट्टामा छ । प्रियंकाले अमेरिका बसाइमा बेली डान्स सिकेकी थिइन् । बेली डान्स सिकेपछिको आफ्नो पहिलो प्रस्तुति नै उनको उक्त ट्याटुमा अंकित छ । उनको चौथो ट्याटुचाहिं गर्धनमा छ । जुन आयुषमान देशराजसँग उनको इन्गेजमेन्ट भएपछि खोपाइएको हो र त्यसमा आयुषमान र प्रियंका नाम जोडेर ‘आयंका’ लेखिएको छन् ।

 प्रियंकालाई यो ट्याटुले आफ्नो प्रेम दर्साउँछ भन्ने लाग्छ । प्रियंका यस्ती युवती हुन्, जसलाई आफूलाई मनमा लागेको कुरा गरिहाल्नुपर्छ भन्ने लाग्छ । त्यसैले पनि उनी मन परेको र विशेष कुरालाई शरिरमा चिह्नका रुपमा राख्न अघि सरिहाल्छिन् ।

 Image