Successfully Copied

मैनको बत्ती कि मनको बत्ती

लक्ष्मी मातालाई खुसी पार्न हामी मनको बत्ती बाल्छौं । बत्तीले घरको सौन्दर्य बढाउँछ । हामी झिलिमिली बत्ती एवं पटकामा हजारौं–लाखौं खर्च गरिरहेका हुन्छौँ  ।

लक्ष्मी मातालाई खुसी पार्न हामी मनको बत्ती बाल्छौं । बत्तीले घरको सौन्दर्य बढाउँछ । हामी झिलिमिली बत्ती एवं पटकामा हजारौं–लाखौं खर्च गरिरहेका हुन्छौँ  ।

 

तिहारको पहिलो दिन कागलाई दुनामा भात, दूध र फूल राख्न तँछाड–मछाड हुन्थ्यो । कागको पूजा किन गरिएको भन्ने प्रश्नमा हजुरआमा भन्नुहुन्थ्यो–यसले हाम्रा लागि टाढा–टाढाको खबर ल्याउँछ । त्यसैले यसको पूजा गरिन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । हामी वर्षभरि सुरक्षा दिने कुकुरको सम्मानमा एकदिन भए पनि पूजा गर्छौं । तेस्रो दिन गाईको पूजा गरिन्छ जसले हामीलाई आफ्नो दूध खान दिन्छ । दूध कसको खाइन्छ ? हो, आमाको त्यसैले आमा समान गाईको पूजा गरिन्छ ।

साँझ लक्ष्मी पूजा गर्नुअघि घरको गेटदेखि भण्डारसम्म विशेष सरसफाइ गरिन्छ । झलमल्ल बत्ती र फूलको मालाले घर सजाइन्छ । वर्षभरि गरिएको मेहनतको कमाइ पैसा–सुन जे छ सबै राखेर प्राथना गरिन्छ कि यो वर्ष यति भयो अर्को वर्ष दोब्बर तेब्बर होस् । माता कति प्रसन्न हुनुहुन्छ–हुनुहुन्न भन्न सकिँदैन तर कसैको सम्पत्ति दोब्बर–तेब्बर भएर जान्छ कसैको यथावत् रहन्छ । कसैको दु:खद् घटना हुन्छ र भएको पनि सबै नष्ट हुनसक्छ । 

लक्ष्मी मातालाई खुसी पार्न हामी मनको बत्ती बाल्छौं । बत्तीले घरको सौन्दर्य बढाउँछ । हामी झिलिमिली बत्ती एवं पटकामा हजारौं–लाखौं खर्च गरिरहेका हुन्छांै । धेरै खर्च गरेर झिलिमिली बनाएको घरमा लक्ष्मी धेरै आउने र थोरै खर्च गरेर झिलिमिली बनाएको घरमा कम आउने भन्ने पक्कै हुँदैन । वर्षभरि आफ्ना लागि इमान्दारिताका साथ कमायांै तर पर्दा कसैलाई कति सहयोग गर्न सक्यौ ? लक्ष्मी माताले त्यही कुरा हेर्छिन् । लक्ष्मी माता बेइमानको लाखौंको बत्तीले होइन इमानको मनको बत्तीले खुसी हुन्छिन् । यद्यपि झिलिमिली बनाइएका र हजारौं खर्च गरेर सजाइएका घरका सबै बेइमानका बत्ती हुँदैनन् । 

साँझ बत्ती बालिसकेपछि भैलेनी आइन् आँगन भन्दै दिदीबहिनीहरूको लर्को लाग्छ । त्यो धुन सबैलाई मनमोहक लाग्छ । मनोरञ्जन र परम्परा जोगाउन खेलिने देउसी–भैलोले नयाँपुस्तालाई संस्कार सिकाउँछ तर देउसी–भैलोको नाममा अगाडिदेखि पत्र पठाएर रकम तोक्ने देउसीमा लक्ष्मी माता खुसी हुन्नन् भने भावी पुस्तालाई त्यसले गलत संस्कारसमेत सिकाइरहेको हुन्छ । 

तिहारको पाचौँ  दिन दाजुभाइहरू दिदीबहिनीहरूको घरमा आएर भाइटीका लगाउने चलन छ । प्राय: दाजुबहिनीको सम्बन्धको बलियो धागो आमा–बुवासँग जोडिएको हुन्छ । माइतीमा आफ्ना आमा–बुवाको राम्रो स्याहार–सम्भार भएको छ भने दाजुभाइसँग दिदी–बहिनीको सम्बन्ध बलियो हुन्छ । जसरी हामीलाई माइतीको चिन्ता हुन्छ हाम्रा नन्द–आमाजूको घरमा टीका थाप्न गएका हाम्रा श्रीमान्, देवर एवं जेठाजुका दिदीबहिनीहरूलाई पनि त्यस्तै चिन्ता हुन्छ आफ्ना आमाबुवाका सम्बन्धमा ।

एकतर्फी अपेक्षा व्यावहारिक हुँदैन । त्यसैले जति अपेक्षा हामी गर्छौं त्यति नै आफूले आफ्नो घरमा लागू गर्न सके त्यो घरमा लक्ष्मी सधै दाहिने हुन्छिन् । हरेक सम्बन्धमा पर्वले शुद्धता प्रदान गर्छन् । हरेक पर्वमा हामी सबैले आ–आफ्नो मनलाई शुद्ध बनाऊँ । सबैको घरमा मनको बत्ती बालौं । हाम्रो सम्बन्धदेखि सम्पत्तिसम्ममा शुद्धता भयो भने लक्ष्मी माता खुसी नहुने कुरै छैन ।

 Image