Successfully Copied

थरीथरीका विद्युतीय बत्ती

तिहारको पर्याय हो–उज्यालो । झिलिमिली बत्तीले पूरै घर नढाकी तिहारको रौनक आउँदैन । घर–आँगनमा बालिने झिलिमिली बत्तीले मनमा उल्लास, उमंग, एवं खुसी ल्याउँछन् । तिहारको मुख्य आकर्षण भनेकै झिलिमिली बत्ती हो । तिहारलाई लक्षित गरेर बजारमा विभिन्न कम्पनीका विद्युतीय बत्ती उपलब्ध हुन्छन् ।

अहिले घर सजावटमा विद्युतीय बत्ती हाबी हुँदै गएको छ । माटोको दियोको साटो विद्युतीय दियो प्रचलनमा छ । पहिलेको तुलनामा अहिले विद्युतीय बत्तीको माग बढी हुने बाला लाइट्स एन्ड डेकोरकी संचालक जेविका कार्की बताउँछिन् ।

अत्याधुनिक डिजाइनका यस्ता बत्ती हेर्दा आकर्षक, उज्याला तथा घरलाई ट्ेरन्डी लुक दिने खालका भएकाले पनि अहिले यो सबैको आवश्यकता भएको कार्कीको तर्क छ । तिहारमा प्रयोग हुने झिलिमिली बत्ती विशेषगरी चीनबाट आयात गरिन्छ । यसको मूल्य नेपाली बजारमा ९ सयदेखि ४ लाख रुपैयाँसम्म पर्छ । 

 Image