Successfully Copied

उपयोगी ड्राइफ्रुट्स

ड्राइफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । यसमा आवश्यक चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पनि हुन्छ । यसबाट प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुने भएकाले रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । ड्राइफ्रुट्स खेलाडीहरूका लागि पनि उपयोगी मानिन्छ । यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी हुन्छ

ड्राइफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । यसमा आवश्यक चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पनि हुन्छ । यसबाट प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुने भएकाले रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । ड्राइफ्रुट्स खेलाडीहरूका लागि पनि उपयोगी मानिन्छ । यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी हुन्छ जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा प्रदान गर्छ ।

ड्राइफ्रुट्स स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । यसको प्रयोग चाडपर्व, पूजा, व्रतबन्ध तथा त्यसै खानका लागि गरिन्छ । ड्राइफ्रुटमा काजु, बदाम, ओखर, अन्जिर, खुर्पानी, छोहारा, किसमिस आदि पर्छन् । यसमा कार्बोहाइड्रेड थोरै र प्रोटिन धेरै हुने भएकाले यसको नियमित प्रयोग उच्च रक्तचाप तथा मुटु रोगीका लागि फाइदाजनक हुने मुटु रोग विशेषज्ञ ओममूर्ति अनिल बताउँछन् । यसमा भएको राम्रो कोलस्ट्रोलले मुटुमा आउने रोकावटको सम्भावना घटाउँछ । ड्राइफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । यसमा आवश्यक चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पनि हुन्छ । यसबाट प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुने भएकाले रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । ड्राइफ्रुट्स खेलाडीहरूका लागि पनि उपयोगी मानिन्छ । यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी हुन्छ जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा प्रदान गर्छ । प्राकृतिक रूपमा चिल्लो पदार्थ भए पनि सबै किसिमका ड्राइफ्रुट्स विभिन्न पोषक तत्वयुक्त हुन्छन् । स्वास्थ्यका हिसाबले यी लाभदायक हुने भए पनि यसमा क्यालोरी बढी हुने भएकाले धेरै खाँदा तौल बढ्नुका साथै शारीरिक हानी पनि हुनसक्छ । त्यसैले दिनमा १ देखि २ मुठी मात्र ड्राइफ्रुट्स खानुपर्छ ।

काजु 

काजुमा मोनोस्याचुरेटेड फ्याटी एसिड हुन्छ र यसले मुटुलाई फाइदा पुर्‍याउँछ । यसको सेवनले आँखालाई पनि फाइदा गर्छ । यसमा बढी मात्रामा क्यालोरी पाइने भएकाले एक दिनमा ५–७ वटाभन्दा बढी खानुहुँदैन । सोडियमको मात्रा उच्च हुने भएकाले रक्तचापका बिरामीले पनि धेरै काजु खानुहुँदैन । काजुमा भिटामिन ए, बी, सी तथा खनिज आदिका साथै आइरन तथा जिंकसमेत पाइन्छ । 

ओखर 

ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ । यसले मस्तिष्क स्वस्थ राख्न सहयोग पुर्‍याउँछ भने रक्तप्रवाह पनि नियमित गराउँछ । ओखरमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड हुन्छ । ओखर भिटामिन ए, बी ६, बी १२, सी, डी, ई तथा केयुक्त हुन्छ । यसमा क्याल्सियम, मिनरल्स, म्याग्नेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रशस्त मात्रामा पाइन्छ । ओखर प्रोटिन तथा एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । बिहान र दिउँसो दुईवटा ओखर खाए कोलस्ट्रोल नियन्त्रणमा रहन्छ । ओखर खाए छिटो भोक लाग्दैन, यसले ओभर इटिङबाट जोगाउँछ । ओखर तौल नियन्त्रणमा समेत सहयोगी हुन्छ । 

छोहारा 

छोहारामा प्रशस्त मात्रामा भिटामिन, आइरन, क्याल्सियम, जिंक तथा म्याग्नेसियम पाइन्छ । यसको सेवनले शरीरमा शक्ति प्रदान गर्छ । यसले शरीर बलियो बनाउँछ । बिहान–बेलुकी छोहारा चपाएर खाए कब्जियतबाट छुटकारा पाइन्छ । यसले दमका रोगीलाई पनि फाइदा पुर्‍याउँछ । नियमित रूपमा छोहारा खाए शरीरमा रगतको मात्रा बढ्छ । यसमा प्रशस्त क्याल्सियम हुने भएकाले हड्डी बलियो हुन्छ । मधुमेह रोगीका लागि पनि छोहारा फाइदाजनक मानिन्छ ।

अन्जिर 

अन्जिरमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसको सेवनले रगतको सन्तुलन कायम रहन्छ । यसले कब्जियतमा पनि फाइदा पुर्‍याउँछ । यो फाइबरयुक्त हुन्छ भने यसले तौललाई सन्तुलनमा राख्छ । अन्जिर स्तन क्यान्सरका लागि पनि उपयोगी फल हो । यसबाट क्याल्सियम प्राप्त हुन्छ । त्यसैले यो हड्डीको विकासमा सहयोगी हुन्छ । अन्जिर मुटु रोगीका लागि पनि फाइदाजनक मानिन्छ । 

काजी बदाम 

यसमा सन्तुलित मात्रामा फोलेट हुन्छ । यो गर्भवती तथा सुत्केरी महिलाका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्याल्सियम तथा भिटामिन ई पाइन्छ । तौल बढी भएकाले पनि यसको नियमित सेवन गर्नु लाभप्रद हुनुका साथै मुटु रोग तथा क्यान्सरबाट जोगिन सकिन्छ । 

पेस्ता 

पेस्तामा प्रोटिन, पोटासियम, एन्टिअक्सिडेन्ट तथा भिटामिन ई पाइन्छ । यसले छालालाई घामको किरणबाट हुने ड्यामेजबाट सुरक्षा प्रदान गर्छ । पेस्ताको नियमित सेवन गरे मस्तिष्क तेज हुनुका साथै रोग प्रतिरोधक क्षमताको विकास हुन्छ । यसले ह्दयघातबाट जोगाउँछ ।

कटुस 

कटुसबाट फाइबर, भिटामिन सी, पोटासियम, फोलेट, भिटामिन ई तथा फाइबर प्राप्त हुन्छ । यसमा भएको मोनोस्याचुरेटेड फ्याटी एसिडले कोलस्ट्रोललाई सन्तुलनमा राख्छ । यसमा चिल्लो कम हुनुका साथै रगतमा चिनीको मात्रा पनि कम हुन्छ । यसमा फोलेट पाइने भएकाले रक्तअल्पता हुन दिँदैन । कटुसमा पर्याप्त मात्रामा भिटामिन ई पाइने भएकाले शरीरमा ऊर्जा प्राप्त हुन्छ । 

किसमिस 

किसमिसमा ग्लुकोज हुन्छ । यसको नियमित प्रयोगले पाचन शक्ति बलियो बनाउँछ । यसमा प्रोटिन तथा अन्य भिटामिन पाइन्छ । किसमिस आँखासम्बन्धी रोगका लागि लाभदायक मानिन्छ । यसले एसिडिटीमा पनि फाइदा पुर्‍याउँछ । यो एन्टिब्याक्टेरियल हुन्छ । 

नरिवल 

अन्य फ्याटको तुलनामा नरिवलमा कम क्यालोरी हुन्छ । यसमा आमाको दूधमा पाइने लाउरिक एसिड पाइन्छ । कमजोरी भएका बेला नरिवल खाए शक्ति प्राप्त हुन्छ । यसको सेवनले थकान पनि कम हुन्छ । नरिवलले मुटु रोग, मधुमेह तथा थाइराइड हुने सम्भावना कम गर्छ ।

 

 Image