Successfully Copied

छठका तीन परिकार 

छठ नेपालको तराई क्षेत्रमा हिन्दू समुदायले धूमधामका साथ मनाउने लोकप्रिय पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा गरी पति, पुत्र तथा परिवारको कल्याणको कामना गरिन्छ । शुद्धतासँग जोडिएको यो पर्व पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध,

छठ नेपालको तराई क्षेत्रमा हिन्दू समुदायले धूमधामका साथ मनाउने लोकप्रिय पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा गरी पति, पुत्र तथा परिवारको कल्याणको कामना गरिन्छ । शुद्धतासँग जोडिएको यो पर्व पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र गुडको खीर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यहरूलाई समेत ख्वाउने चलन छ । छठ पर्वका तीन शुद्ध परिकार :

खीर 

१ सय ग्राम बासमती चामललाई दुई/तीन पटक राम्रोसँग पखाल्ने । पकाउने भाँडोमा एक चम्चा घिउ तताउने अनि पखालेर राखेको चामल हाल्ने । एक दुई मिनेट राम्रोसँग चलाएर पकाएपछि चामलभन्दा दोब्बर पानी हाल्ने । उक्त चामललाई बीच–बीचमा चलाउँदै पकाउनुपर्छ । ८ मिनेट अर्थात् ९० प्रतिशत चामल पाकेपछि २ सय ५० ग्राम सख्खर मिसाउने । खिरलाई स्वादिष्ट बनाउन २ दाना सुकमेलका टुक्रा हाल्ने अनि ५ मिनेट सानो आँचमा पकाउने । त्यसपछि नर्मल तातोमा ल्याउने । केही समयपछि त्यसमा उमालेर सेलाएको दूध मज्जासँग मिसाउने । खिरको स्वाद बढाउन नरिवल, बदाम, पिस्ता, काजुजस्ता ड्राइफुड प्रयोग गर्नुपर्छ । 

घिउ–भात र लौकाको तरकारी 

२ सय ५० ग्राम चामललाई राम्रोसँग पखाल्ने । त्यसको दुई भाग पानी अर्थात् ५ सय ग्राम पानी तताउने । पानीलाई मनतातो हुन दिने । त्यसपछि त्यसमा चामल खन्याई एक चम्चा घिउ पनि मिसाउने । छोपेर ५–५ मिनेट ठूलो तथा सानो आँचमा  पकाउने । 

लौकालाई एकदमै शुद्ध मानिने भएकाले छठ पूजामा लौकाको पूजा गरिन्छ । लौकाको तरकारीका लागि नरम खालको लौका लिने । बाहिरको बोक्रा हटाएर स–साना टुक्रा पार्ने । स्वादअनुसार मसलाहरू हालेर सानो आँचमा प्रेसर कुकरमा ३/४ सिट्ठी पकाउने । अर्को फ्राइ प्यानमा २ चम्चा तेल तताएर आधा चम्चा जिरा, हरियो तथा रातो खुर्सानीको टुक्रा फुराउने । फुराइएको प्यानको मसलाले पाकेको लौका झाँनेर राम्रोसँग मिसिने गरी चलाउने अनि त्यसपछि पाँच मिनेट पाक्न दिने ।

ठेकुवा 

तीन कप मैदा तथा डेढ कप चिनीमा सुकमेलको एक चम्चा धूलो मिसाउने अनि त्यसमा तिन चम्चा घिउ, नरिवलको धूलो आधा कचौरा, आधा गिलास मनतातो दूध, ५ चम्चा तेल हाली राम्रोसँग मोलेर डो बनाउने । उक्त डोलाई २० मिनेट छोपेर राख्ने । त्यो डोवाट स–साना गोला टुक्रा बनाएर चक्कु वा चम्चाले विभिन्न डिजाइन दिने । डोको मात्रा अनुसार कराईमा तेल तताउने र मध्यम आँचमा खैरो हुन्जेल ८–१० मिनेट फर्काउँदै पकाउने । यसरी पकाइएको ठेकुवा लामो समयसम्म राखेर खान सकिन्छ ।

 

 Image