Successfully Copied

महिनावारी भएका बेला के गर्ने ?

ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित खानुपर्छ ।

    ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित खानुपर्छ ।

    दैनिक ८ देखि १० ग्लास अर्थात् ४ लिटरभन्दा बढी पानी पिउनुहोस् । यस्तो अवस्थामा मद्यपानले यिष्टको वृद्धि गराउने भएकाले मदिरालगायत चिया, कफी पनि कम सेवन गर्नुहोस् ।

    धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनिमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन्, त्यसैले यस्ता खानेकुरा कम खानुपर्छ ।

    सरसफाइमा सजग हुनुहोस् । सधै आफ्नो यौनाङ्ग सफा राख्नुहोस्, तर धेरै पखाल्ने काम नगर्नुहोस् ।

    सधैं अगाडिबाट (योनिमार्गतिरबाट) पछाडि (मलद्वारतिर) पखाल्नुहोस् । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्गमा तथा पिसाब नलीमा जानबाट रोक्छ ।

    योनिमार्ग सफा गर्न महङ्गो अनि बास्नादार साबुन वा सेम्पु नै चाहिँदैन । सामान्य साबुन वा कम क्षार भएका भजाइनल वासले पनि राम्रो सफाई गर्न सकिन्छ ।

    सुगन्धयुक्त प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त होइन । 

    पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।

धेरै रगत गए वा धेरै दिन सम्म रगत गए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

 

 Image