Successfully Copied

मिलनलाई सास्ती 

गायिका मिलन नेवारलाई अघिल्लो साता एउटा लुटेराले दु:ख दिएको छ । फेसबुकमा एउटा स्टाटस लेख्दै गायिका नेवारले अघिल्लो बिहीबार राति घर फर्कने क्रममा कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडि एक अपरिचित व्यक्तिले उनको हातमा भएको मोबाइल तथा ब्याग खोसेर लगेको उल्लेख गरेकी छिन् ।

‘मोबाइलसँगै सबैको सम्पर्क नम्बर हरायो, ब्यागमा लाइसेन्स, ब्ल्युबुक, एटीएम कार्ड आदि महत्वपूर्ण कागजात पनि थिए, सबै हराएको अवस्था । कसैले भेट्नु भए नजिकको प्रहरी कार्यालय अथवा मलाई फेसबुकमा जानकारी दिनुहोला, मिलनले लेखेकी छिन्— ‘अरु भन्दा पनि धेरै आफन्तको नम्बर अनि लाइसेन्स र ब्ल्युबुक अत्यन्तै जरुरी कुरा हो । कृपया जसले यो कार्य गरेको हो, अरु कुरा लगेर मोबाइल, लाईसेन्स, ब्लु बुक तथा एटीएम कार्ड सुरक्षित रुपमा कुनै माध्यमद्वारा उपलब्ध गराई दिनुहोला ।’ 

 Image