Successfully Copied

अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक उषा

नोभेम्बर ९ तारिखमा मलेशियाको कोता किनाबालुमा संचालन भएको मिष्टर कन्टिनेन्टल इन्टरनेसनल २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पूर्व मिस नेपाल उषा खड्गीले निर्णायकको भूमिका निर्वाह गरेकी छिन् । युवाहरुमा लक्षित यो अन्तर्राष्ट्रिय प्रतियोगितामा डिजाइनर रबिन परियारले तयार पारेको रातो रंगको सुन्दर गाउनमा पूर्व

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा नेपाली युवा युवती, बालबालिका तथा विवाहिताहरुको उल्लेख्य उपस्थिति हुँदै गएको छ । केही प्रतियोगिताहरुमा नेपाली सेलिब्रेटी तथा प्रतियोगिताका लागि नेपालका नेसनल निर्देशकहरु पनि निर्णायकका भूमिका देखिंदै आएका छन् । 

यही प्रसंगमा गएको नोभेम्बर ९ तारिखमा मलेशियाको कोता किनाबालुमा संचालन भएको मिष्टर कन्टिनेन्टल इन्टरनेसनल २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पूर्व मिस नेपाल उषा खड्गीले निर्णायकको भूमिका निर्वाह गरेकी छिन् । युवाहरुमा लक्षित यो अन्तर्राष्ट्रिय प्रतियोगितामा डिजाइनर रबिन परियारले तयार पारेको रातो रंगको सुन्दर गाउनमा पूर्व मिस नेपाल उषाले निर्णायकका रुपमा आफ्नो उपस्थिति जनाएकी थिइन् । 

प्रतियोगितामा नेपालका तर्फबाट मिष्टर ग्रेस एसईइ चितवन तथा म्यान अफ नेपाल २०१९ का विजेता बिमल सुवेदीले प्रतिस्पर्धा गरेका थिए । विमलले प्रतियोगितामा मिष्टर कन्टिनेन्टल इन्टरनेसनल टिन २०१९ को उपाधिमा सफलता हात पारेका छन् । 

 Image