Successfully Copied

स्नेहालता र संगीतालाई एवार्ड

मिसेज विधामा प्रतिस्पर्धा गरेकी स्नेहालताले प्रतियोगितामा मिसेज इन्टरनेसनल टुरिज्म एम्बेसडर तथा सुपरमोडलको एवार्ड जितेकी छिन् भने एमएस विधामा सहभागिता जनाएकी संगीताले मिसेज इन्टरनेसनल एलिगेन्स ब्युटी एवार्ड हात पारेकी छिन् ।

विवाहिता महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेज इन्टरनेसनलको १३ औं संस्करणका नेपाली सहभागी स्नेहालता राउत थापा तथा संगीता न्यौपानेले विधागत एवार्डहरू जितेका छन् । मिसेज विधामा प्रतिस्पर्धा गरेकी स्नेहालताले प्रतियोगितामा मिसेज इन्टरनेसनल टुरिज्म एम्बेसडर तथा सुपरमोडलको एवार्ड जितेकी छिन् भने एमएस विधामा सहभागिता जनाएकी संगीताले मिसेज इन्टरनेसनल एलिगेन्स ब्युटी एवार्ड हात पारेकी छिन् ।

प्रतियोगितामा सहभागी भएकी स्नेहालता रिबन इन्टरटेनमेन्टले संचालन गरेको मिसेज नेपाल इन्टरनेसनल–२०१९ की सेकेन्ड रनर्सअप हुन् भने संगीता दक्ष इन्टरनेसनलले संचालन गरेको मिसेज ब्युटिफुल नेपाल–२०१९ की विजेता हुन् । सिंगापुर, मलेसिया तथा इन्डोनिसियाका विभिन्न स्थानमा प्रतियोगिताका विभिन्न गतिविधि संचालन हुँदै टिकेएस मिसेज इन्टरनेसनल–२०१९ को अन्तिम प्रतिस्पर्धा गत कार्तिक २२ गते सिंगापुरस्थित अर्किड कन्ट्री क्लबमा सम्पन्न भएको थियो । 

 Image