Successfully Copied

भ्रुण हत्या गर्नेका विरुद्ध

पितृ सत्तात्मक हाम्रो समाजमा हरेक जसो परिवारले आफ्नो बंश धान्नका लागि छोराको चाहाना राख्छ । छोराको चाहाना राख्नुलाई अन्यथा लिनु जरुरी छैन् । तथापी छोराकै चाहानाका कारण छोरीहरु भर्गमै मारिनु चाहिँ अपराध हो । यहि अपराधलाई सहजता प्रदान गरेको छ प्रविधिको लिङ्ग पहिचानले

समाज जति शिक्षित र चेनशिल बन्दै गए पनि कयौं कुसंस्कारहरु पुस्तान्तरण हुँदै आएका छन् । विज्ञान र प्रविधिले मारेको फड्कोले पनि कतिपय अवस्थामा तिनै कुसंस्कारहरुलाई बढवा दिन थप सहजता थपेको छ । यहि सहजताको एउटा उदाहरण हो – भ्रुण हत्या । 

पितृ सत्तात्मक हाम्रो समाजमा हरेक जसो परिवारले आफ्नो बंश धान्नका लागि छोराको चाहाना राख्छ । छोराको चाहाना राख्नुलाई अन्यथा लिनु जरुरी छैन् । तथापी छोराकै चाहानाका कारण छोरीहरु भर्गमै मारिनु चाहिँ अपराध हो । यहि अपराधलाई सहजता प्रदान गरेको छ प्रविधिको लिङ्ग पहिचानले । र, यहि विकासको मारमा परेका छन्– कयौं आमाहरु । 

पिता र परिवारको छोराको छोराको चाहानाका निम्ती लिङ्ग पहिचानपछि गर्भपतन गर्नु पर्दा एउटी आमालाई हुने पीडा कुन शब्दमा समेटिन्छ होला ? उसको मानसिक द्धोन्द र विद्रोह कसरी छोपिन्छ ? यहि मर्मलाई केन्द्रमा राखेर एक म्यूजिक भिडियो निर्देशन गरिएको छ । 

बरिष्ठ गीतकार कालीप्रसाद रिजालले लेखेको चेतना मूलक गीत ‘मै छोरीलाई भर्गमा नै नर्मानु है आमा’ बोलको गीतको म्यूजिक भिडियो मार्फत छोरीले पनि सामाजिक रुपमा आफ्नो पहिचान बनाउँन सक्ने सन्देश दिन खोजिएको छ । गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । गीत निशा देशारले गाएकी हुन् ।  गर्भपतनको दवाबपछि एउटी आमाले आफ्नी नजन्मिएकी छोरीको भविष्यलाई कल्पिएर सन्देश प्रवाह गर्न खोजेको गीतको म्यूजिक भिडियो हेम प्रभासले निर्देशन गरेका छन् । 

उक्त गीतको म्यूजिक भिडियोमा सिर्जना श्रेष्ठले जीवन्त अभिनय गरेकी छिन् । सिर्जनाका साथमा उनकी छोरी सफलता श्रेष्ठ, नारायणी उप्रेती लगायतका कलाकारले अभिनयमा साथ दिएका छन् । 

म छोरीलाई गर्भमा नै गीतको म्यूजिक भिडियो :

 Image