Successfully Copied

पढेकी स्वास्नी

बी.कम. भर्ना हुँदासम्म उनी छोरीकी आमा बनिसकेकी थिइन् । परिवार ठूलो भए पनि सबै पढ्ने भएकाले उनलाई कलेज जान पालो दिने कोही भएनन् । बरू छोरी जन्मिएपछि उनी पक्का गृहिणी भइन् । यसरी प्रियाको सपना एक–एक गर्दै टुक्रदै गयो सिसाको टुक्राझैं कहिल्यै नजोडिने गरी । वास्तविक जीवनसँग

प्रिया समाजशास्त्रमा स्नातकोत्तर गरेकी शिक्षित गृहिणी हुन् । उनको विवाह एस.एल.सी. लगत्तै तुरुन्त भएको थियो । प्रियाको जागिर खाने ठूलो धोको छ तर भाग्यले साथ दिइरहेको छैन । एक रुपैयाँ चाहिए पनि अर्काकै भर पर्नुपर्ने, भनाइ खानुपर्ने, मगन्तेले झैं हात पसार्नुपर्ने यथार्थता सम्झेर उनलाई आत्मग्लानि हुन्छ आफूले कमाउन नसकेकोमा ।

प्रिया विगतलाई सम्झन्छिन् । सुदूरपूर्वको विकट गाउँमै पढेकी भए पनि प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेकी थिइन् । उतिबेला उनले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु अहिले जस्तो चानचुने कुरा थिएन । बिनापूर्वाधार सहरबाट खोजेर ल्याइएका एस.एल.सी. र आई.ए. सम्म पढेका शिक्षकका भरमा पढ्नुपथ्र्यो । 

पूरै जिल्लाबाट दुई–चार जना विद्यार्थी मात्र प्रथम श्रेणीमा उत्तीर्ण हुन्थे । अझ छोरीले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु त ऐतिहासिक नै हुन्थ्यो । आफ्नो जिल्लामा मात्र नभई छिमेकी जिल्लासम्म प्रियाको नाम चलेको थियो । रिजल्टपछि गाउँले तथा माइतीपक्षका मानिसहरूको भनसुन र दबाबका कारण उनका सासू–ससुराले छोरासँगै काठमाडौं गएर पढ्ने अनुमति दिएका थिए । ठूलो उत्साह, उमङ्ग र फुर्तीसाथ पढ्न भनेर उनी काठमाडौं आएकी थिइन् श्रीमान्, नन्द, आमाजू र देवरका साथ ।

उनको चार्टर एकाउन्टेन्ट बन्ने चाहना थियो । त्यसैले कमर्स कलेजमा भर्ना भइन् । काठमाडौंमा कोठाको बसाइ, ठूलो परिवार, बुहारीको जिन्दगी त्यसमाथि चार्टर एकाउन्टेन्ट बन्ने धोको । विवाहअघि कल्पना गरेको संसार अनि देखेको सपना र विवाहपछि भोगेको वास्तविक जिन्दगीबीच आकाश–जमिनको फरक पाइन् उनले । 

अपरिपक्व स्वभाव, केटाकेटीपन, सधै आर्थिक समस्या अनि पारिवारिक दायित्व र कर्तव्यको पालना गर्दागर्दै उनले देखेको, कल्पिएको स्वर्णिम संसार एकपछि अर्को गर्दै भत्कदै गयो, चकनाचुर हुँदै गयो । तैपनि प्रियाले पढ्न छाडिनन् र आई.कम. प्रथम श्रेणीमा उत्तीर्ण भइन् । बी.कम. भर्ना हुँदासम्म उनी छोरीकी आमा बनिसकेकी थिइन् । परिवार ठूलो भए पनि सबै पढ्ने भएकाले उनलाई कलेज जान पालो दिने कोही भएनन् । बरू छोरी जन्मिएपछि उनी पक्का गृहिणी भइन् । यसरी प्रियाको सपना एक–एक गर्दै टुक्रदै गयो सिसाको टुक्राझैं कहिल्यै नजोडिने गरी ।

वास्तविक जीवनसँग मेल खाने लेख, आजका प्राय: शिक्षित महिलाहरूको यथार्थता । यथार्थ कुरा जुन प्राय: महिलाले भोग्छन् । 

 Image