Successfully Copied

दुलही मेकअप

हरेक दुलही विवाहको मेकअपमा आफूलाई सुहाउने र न्यू लुक्समा देखिने चाहना राख्छन् । दुलही मेकअप भन्नासाथ रातो आइस्याडो प्रयोग गर्ने तथा गाला गुलाबी बनाउने कन्सेप्ट पूरै हटिसकेको छ । अहिलेका ब्राइडहरूको आइमेकअपमा स्मोकी तथा स्याम्पेन कलर प्रयोग गरिन्छ । दुलहीको फिचर राम्रो देखाउन कन्टोर तथा हाइलाइट

रश्मि मानन्धर, मेकअप आर्टिस्ट

हरेक दुलही विवाहको मेकअपमा आफूलाई सुहाउने र न्यू लुक्समा देखिने चाहना राख्छन् । दुलही मेकअप भन्नासाथ रातो आइस्याडो प्रयोग गर्ने तथा गाला गुलाबी बनाउने कन्सेप्ट पूरै हटिसकेको छ । अहिलेका ब्राइडहरूको आइमेकअपमा स्मोकी तथा स्याम्पेन कलर प्रयोग गरिन्छ । दुलहीको फिचर राम्रो देखाउन कन्टोर तथा हाइलाइट गरी नाक, जलाइन एवं चिकबोनलाई आकर्षक तुल्याउनुपर्छ जसले गर्दा अनुहार अझ राम्रो देखिन्छ । 

दुलहीको मेकअप गर्नुभन्दा ३–४ दिनअघि फेसियल तथा क्लिन्जिङ गराउनुपर्छ । आइब्रो मिलाउन २ हप्ताजति ननिकालेकै राम्रो हुन्छ । मेकअप गर्दा दुलहीको आँखाअनुसार आइल्यासेस प्रयोग गर्नुपर्छ । आइल्यासेस एक्सटेन्सन गर्दा दुलहीको आँखा अझ आकर्षक देखिन सक्छ । कसैलाई बाक्लो तथा कसैलाई पातलो अनि लामो आइल्यासेस सुहाउँछ । यस क्रममा आइल्यासेसअनुसार नै परेला बनाउनुपर्छ । 

हिजोआज मेकअप गर्नुअघि मेकअप बेस प्रयोग गरिने हुँदा दुलहीको मेकअप कम्तीमा पनि १० घन्टासम्म मज्जाले टिक्छ । दुलहीको मेकअप गर्दा फाउन्डेसनको ठाउँमा लङ लास्टिङ प्यान स्टिक प्रयोग गरिन्छ । दुलहीहरूमा पहिले नै मेकअप गरी बस्यो भने पछि मेकअप बिग्रन्छ भन्ने सोच अहिलेको नयाँ मेकअप ट्रेन्डले बदलिदिएको छ । यस्तो मेकअपका कारण २–३ घन्टापछि अनुहारमा थप ग्लो आउन थाल्छ । मेकअप गरिसकेपछि सेटिङ स्प्रे गरिन्छ जसले मेकअपलाई अझ धेरै बेरसम्म टिकाउँछ । 

दुलहीको मेकअप गर्नुअघि ओठ एक्सफोलिप्ट गरेर लिप्स मेकअप गर्नुपर्छ । अनुहारलाई सफा गरेपछि लिप बाम लगाउने । अनुहारको मेकअप सकुन्जेल लिप नरम भएर आकर्षक देखिन्छ । लिपमा कसैले म्याट त कसैले ग्लसी लिपिस्टिक रुचाउँछन् । यद्यपि दुलहीले भने केही ग्लसी लिपिस्टिक नै लगाउँदा राम्रो देखिन्छ । 

यदि दुलहीको अनुहारमा पिम्पल आएको छ भने २–३ दिनअघि नै पिम्पल सुकाउने औषधि प्रयोग गर्नुपर्छ । त्यसो नगर्दा दुलही हुँदा समेत पिम्पलले अनुहारलाई फोहोरी देखाइरहेको हुन्छ । यो समयमा आराम गरी मज्जाले सुत्नुपर्छ । टेन्सनले पनि अनुहारको ग्लो घट्न सक्छ । हप्तामा एकपटक मेनिक्योर तथा पेडिक्योर पनि गराइरहनुपर्छ । 

फेस मेकअप : सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग क्लिन्जिङले सफा गर्ने । त्यसपछि ओपन पोर्स बन्द गर्न टोनर लगाउने र अनुहारमा प्राइमर लगाएपछि पातलो लेयरको छालालाई पूर्णरूपले ब्लेड गर्ने । त्यसपछि फिचर्स सार्प देखाउन अनुहार करेक्सन गर्ने । कटिङमार्फत चौडा नाकलाई पातलो देखाउन सकिन्छ अर्थात् निधार चौडा छ भने त्यसलाई पनि कटिङ गर्ने । त्यसपछि छालाको बेसअनुसार ब्रसले पेनकेक डाउनवर्ड लगाउने । अनुहार खुलाउन गालाको जलाइन एरियाबाट कटिङ गर्ने । फेरि टान्सल्युसेट पाउडर लगाउने वा पोलिसिङ ब्रसले अनुहार पोलिस गर्ने । अन्त्यमा स्टुडियो फिक्सर लगाउने जसले मेकअपलाई फिक्स गर्छ । 

आइमेकअप : दुलहीलाई उनको इच्छाअनुसार गाजल वा आइलाइनरले सेप दिने । त्यसपछि स्मोकी तथा स्याम्पेन वा गोल्डेन आइस्याडो लगाउने । आइमेकअपमा आँखाको किनारसम्म थोरै डार्क सेड बनाउने । त्यसबाहेक मस्काराले आइब्रोको मुन्तिर आकार दिने अनि फेरि ब्रोज ब्रस गर्ने । आँखामा गोल्डेन कलरको हाइलाइट लगाउने । अन्त्यमा आइल्यासमा मस्कारा प्रयोग गर्ने, मस्कारा जति बाक्लो लगाइन्छ आँखा त्यति नै आकर्षक देखिन्छ । 

लिप मेकअप : अनुहार सफा गरेपछि ओठलाई मुलायम बनाउन लिप बाम लगाई त्यत्तिकै छोड्ने जसले ओठलाई नरम बनाउँछ । मेकअप सकिएपछि ओठको आउटलाइन बनाएर लिपिस्टिक लगाई ग्लस प्रयोग गर्ने ।

 

 Image