Successfully Copied

ग्लोबल प्रतिस्पर्धामा मिस नेपालका विजेता

मिस नेपाल वल्र्ड–२०१९ की विजेता अनुष्का श्रेष्ठ मिस वल्र्ड–२०१९ को प्रतियोगिताका लागि यतिखेर बेलायतको लन्डनमा विश्वका १ सय ११ राष्ट्रका सुन्दरीहरूसित प्रतिस्पर्धा गरिरहेकी छिन् भने मिस नेपाल युनिभर्स–२०१९ की विजेता प्रदिप्ता अधिकारी अमेरिकाको जर्जियामा विश्वका ९१ मुलुकका सुन्दरीसँगै मिस युनिभर्स २०१९ को उपाधि

यतिखेर मिस नेपाल प्रतियोगिताको सिल्भर जुब्ली श्रृङ्खलाअन्तर्गतका विभिन्न मुख्य उपाधि विजेता ताजधारी सुन्दरीहरू मिस वल्र्ड, मिस युनिभर्स तथा मिस सुप्रानेसल २०१९ मा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । मिस नेपाल वल्र्ड–२०१९ की विजेता अनुष्का श्रेष्ठ मिस वल्र्ड–२०१९ को प्रतियोगिताका लागि यतिखेर बेलायतको लन्डनमा विश्वका १ सय ११ राष्ट्रका सुन्दरीहरूसित प्रतिस्पर्धा गरिरहेकी छिन् भने मिस नेपाल युनिभर्स–२०१९ की विजेता प्रदिप्ता अधिकारी अमेरिकाको जर्जियामा विश्वका ९१ मुलुकका सुन्दरीसँगै मिस युनिभर्स २०१९ को उपाधि दौडमा रहेकी छिन् । यसैगरी मिस नेपाल सुप्रानेसनल–२०१९ की विजेता रोज लामा भने पोल्यान्डको सिलेसिया सहरमा विश्वका ८० भन्दा बढी मुलुकका सुन्दरीहरूसित मिस सुप्रानेसनल–२०१९ का लागि प्रतिस्पर्धा 

गरिरहेकी छिन् । 

बेलायतको लन्डनस्थित एक्सेल लन्डनमा आगामी डिसेम्बर १४ मा सम्पन्न हुने मिस वल्र्डको ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी २३ वर्षीया अनुष्का श्रेष्ठ मिस नेपाल वल्र्ड–२०१९ को मुख्य उपाधिबाहेक प्रतियोगिताको मिस इन्टेलिजेन्ट र यामाहा मिस फासिनोको अवार्ड विजेता पनि हुन् । मिस नेपाल वल्र्ड–२०१९ को विजेता चयन हुनुअधि अनुष्काले मिस नेपाल ओसिनिया–२०१८ को ताज पहिरिन सफल भएकी थिइन् । ५ फिट ५ इन्च अग्ली काठमाडौंकी अनुष्काले अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीबाट व्यवस्थापनमा स्नातक गरेकी छिन् ।

संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको एट्लान्टास्थित टेरिपेरि स्टुडियोजमा आगामी डिसेम्बर ८ मा सम्पन्न हुने ६८ औं संस्करणको मिस युनिभर्समा प्रतिस्पर्धा गरिरहेकी २३ वर्षीया प्रदिप्ता अधिकारीले मिस नेपाल युनिभर्स–२०१९ को उपाधि जितेसँगै प्रतियोगितामा मिस ट्यालेन्ट र मिस एथ्लिटको उपाधि पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् । ५ फिट ६ इन्च अग्लो शरीरकी धनी काठमाडौंकी प्रदिप्ता नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सेसमा एमबीबीएस अध्ययनरत छिन् ।

पोल्यान्डको सिलेसियाको काटोविसस्थित इन्टरनेसनल कंग्रेस सेन्टरमा सञ्चालन हुने मिस सुप्रानेसनलको ११ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी २१ वर्षीया रोज लामाले मिस नेपाल सुप्रानेसनल–२०१९ को उपाधि उचाल्नुबाहेक प्रतियोगितामा मिस ग्ल्यामर र मिस फोटोजेनिकको अवार्ड पनि आफ्नो पक्षमा पारेकी थिइन् । ५ फिट ६ इन्च अग्ली रोजले यसअघि मिस नेपाल क्यालिफोर्निया–२०१७ को ताज पहिरिन सफल भएकी थिइन् । काठमाडौं जोरपाटीकी रोजले क्यालिफोर्नियास्थित फुटहिल कलेजबाट स्टुडियो आर्ट्स तथा इन्डस्ट्रियल डिजाइनिङमा स्नातक तहकी विद्यार्थी हुन् । 

 Image