Successfully Copied

आमानै मेरो गुरु

जीवन संसारकै सुन्दर संरचनामध्ये एउटा संरचना हो । अत: म केवल माया, करुणा एवं सत्यलाई लिएर बाँच्न चाहन्छु ।

विमला तुम्खेवा, साहित्यकार 

मेरो प्रेरणा : आफ्नै भोगाइहरू ।

मेरो आशा : विश्वास । 

मेरो करियर : कविता लेखन ।

मेरो कर्म : असल । 

मेरो समर्पण : राष्ट्रप्रति ।

मेरो प्रेम : परिवार ।

मेरो इच्छा : शान्त डाँडामा बसेर कफी पिउने । 

मेरो आदर्श : मेरी आमा ।

मेरो बलियो पक्ष : निर्भिकता ।

मेरो आकांक्षा : संसारलाई महसुस गर्ने ।

मेरो घर : सानो फूलबारी ।

मेरो कमजोरी : रिसाएपछि नफक्किने ।

मेरो दृढता : जति थेचार्‍यो त्यति माथि उठ्ने ।

मेरो सोच : समान ।

मेरी आमा : मेरो गुरु । 

मेरा सन्तान : सत्य । 

मेरो परिवार : एउटा आधार । 

मेरो भरोसा : मेरो आत्मविश्वास । 

मेरो जीवन : जीवन संसारकै सुन्दर संरचनामध्ये एउटा संरचना हो । अत: म केवल माया, करुणा एवं सत्यलाई लिएर बाँच्न चाहन्छु ।

 Image