Successfully Copied

दुर्घटनाबाट जोगिने उपाय

ट्राफिक नियम पालना नगर्दा होस् वा नियमसम्बन्धी जानकारी नभएर अहिले दिनप्रतिदिन सडक दुर्घटना हुने क्रम बढिरहेको छ । गत २०७४(७५ ६३८१, २०७५(२०७६ मा ८९१८ दुर्घटना भएको ट्राफिक प्रहरीको वेवसाइटले देखाएको छ । यसरी दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गएका बेला दुर्घटनालाई कसरी कम गर्न सकिन्छ ? भन्ने

ट्राफिक भोलेन्टियर 

ट्राफिक नियम पालना नगर्दा होस् वा नियमसम्बन्धी जानकारी नभएर अहिले दिनप्रतिदिन सडक दुर्घटना हुने क्रम बढिरहेको छ । गत २०७४(७५ ६३८१, २०७५(२०७६ मा ८९१८ दुर्घटना भएको ट्राफिक प्रहरीको वेवसाइटले देखाएको छ । यसरी दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गएका बेला दुर्घटनालाई कसरी कम गर्न सकिन्छ ? भन्ने विषयमा ट्राफिक भोलेन्टियर सीताराम हाछेंथुका केही टिप्स :

पैदल यात्रीहरूका लागि 

    बाटोमा पेटीबाट मात्र हिँड्ने । 

    जेब्राक्रसिङबाटै बाटो काट्ने । 

    बाटोमा हिँड्दा इयरफोन प्रयोग नगर्ने । 

    राति चम्किलो लुगा लगाएर हिँड्ने । 

    मोबाइलमा कुरा गर्दै नहिँड्ने । 

    दायाँ–बायाँ हेरेर मात्र बाटो काट्ने । 

सवारी चालकका लागि 

    तीव्र गतिमा सवारी नचलाउने । 

    दुई पाङ्ग्रे सवारी चालकले हेलमेट, पञ्जा तथा बाक्लो कपडा लगाउने । 

    लेनअनुसार सवारी साधन चलाउने ।

    टाउकाको सुरक्षाका लागि हेल्मेटको बेल्ट अनिबार्य बाँध्ने । 

    सवारी साधन चारैतिर हेरेर मात्र मोड्ने । 

    ट्राफिक नियमका बारेमा सचेत रहने ।

 Image