Successfully Copied

ऐतिहासिक सफलता

दक्षिण एसियाली खेलकुद इतिहासमा नेपालका लागि सबैभन्दा बढी पदक भित्र्याएको खेलमा पर्छ, भारोत्तोलन । तर यो पदकको थुप्रोमा स्वर्ण पदक भने १ मात्र छ, यसपल्टको सागभन्दा अगाडि । कमल अधिकारीको नाममा छ, त्यो स्वर्ण । त्यसैले यसपल्टको साग सुरु हुँदा नै प्रश्न थियो, रजत र कांस्यको

दक्षिण एसियाली खेलकुद इतिहासमा नेपालका लागि सबैभन्दा बढी पदक भित्र्याएको खेलमा पर्छ, भारोत्तोलन । तर यो पदकको थुप्रोमा स्वर्ण पदक भने १ मात्र छ, यसपल्टको सागभन्दा अगाडि । कमल अधिकारीको नाममा छ, त्यो स्वर्ण । त्यसैले यसपल्टको साग सुरु हुँदा नै प्रश्न थियो, रजत र कांस्यको उपलब्धि केही हुनेछैन, जति बेलासम्म स्वर्ण जित्न सकिन्न । नभन्दै नेपालले २ स्वर्ण जित्यो र यसलाई ऐतिहासिक उपलब्धि भन्न कर लाग्छ नै । 

सन्जु चौधरी

सन्जु चौधरीको सबैभन्दा ठूलो उपलब्धि हो, उनी नेपाली भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुनु । केही समययता घरेलु प्रतिस्पर्धामा उनले लगातार राम्रो गरिरहेकी थिइन् र त्यस अर्थमा उनीबाट यत्तिको प्रदर्शन अपेक्षितजस्तै थियो । उनले महिला ५९ केजी तौल समूहमा श्रीलंकाली खेलाडीलाई उछिनेर स्वर्ण हात पारेकी हुन् । सन्जुले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ सहित कुल १ सय ७१ केजी तौल उठाइन् । 

विकास थापा

कमल अधिकारीले १३ वर्षअगाडि कोलम्बोमा जस्तो सफलता चुमेका थिए, त्यत्तिकै बराबरको सफलता आत्मसात् गर्ने खेलाडी रहे— विकास थापा । उनी नेपालका लागि पुरुषतर्फ भारोत्तोलनमा स्वर्ण जित्ने दोस्रो खेलाडी मात्र रहे । 

उनले भारतमा भएको सागमा रजत पदकमै चित्त बुझाएका थिए, यसपल्ट यसमा सुधार गर्न सफल रहे । उनले स्वर्ण पदकका लागि पुरुष ८९ केजी तौल समूहमा स्न्याचमा १ सय २३ र क्लिन एन्ड जर्कमा १ सय ४६ गरेर कुल २ सय ६९ केजी उठाए ।

 Image