Successfully Copied

जाडोमा ओठको सुरक्षा

गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ । 

जाडो मौसममा शरीर सुख्खा हुने हुँदा ओठ पनि फुट्न सक्छ । ओठ शरीरको संवेदनशील अंग हो र यसलाई विशेष स्याहार गर्नुपर्छ । ओठ फूटेका बेला जिब्रोले ओठ नरम बनाउने धेरैको बानी हुन्छ । अझ कतिपयको बानी ओठको मृत छालालाई दातले हटाउने बानी हुन्छ । यस्तो बानीले ओठलाई रुखो र मृत बनाउछ । 

घाममा निस्कादा ओठमा चिपिस्टिक लगाएर निस्कनु पर्छ । ओठमा सिबेसियस ग्ल्यान्ड र हेयर फोलिकल नहुने भएकाले शरीरको अन्य भाग जस्तो गरी यो नरम रहन पाउँदैन । अनि ओठमा मेलेनिन पनि हुँदैन । छालाका अन्य भागमा मेलेनिनले सूर्यको परावैजनी किरणबाट बचाउँछ तर ओठ बच्न पाउँदैन । त्यसैले घरबाहिर निस्कादा नरमपना कायम राख्ने र पोषण दिने चिजको प्रयोग गर्नु पर्छ । 

ओठको सुरक्षाका लागि

- चिसो मौसमा हाम्रो शरीरमा पनी कम हुन सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनी ओठ फुट्छ । त्यसैले पानी प्रसस्त मात्रामा पिउनु पर्छ । 

- बिहानीपख वा राति सुत्दाखेरी नाइटोमा मनतातो तेल लगाएमा ओठलाई नरम बनाउन सकिन्छ । 

- जाडोमा ओठ फुट्दा दूधको तरमा बेसारको धूलो मिसाएर बिहानबेलुका हातले हलुका मालिश गर्दा पनि ओठ फुट्न पाउँदैन । 

- गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ । 

- दूधबाट निस्कने मक्खनमा केसर मिसाएर ओठमा लगाउँदा पनि ओठ गुलाफी र नरम हुन्छ । 

- दिनदिनै बिहानबेलुका बदामको तेल ओठमा लगाउँदा पनि ओठ फुट्न पाउँदैन र नरम रहन्छ । 

 - घिउमा अलिकति नून मिसाएर ओठमा दल्ने गर्नुभयो भने पनि फुटेको ओठ सामान्य अवस्थामा फर्कन्छ । 

 Image