Successfully Copied

जाडोमा पनि बोल्ड एन्ड स्टाइलिस्ट

बदलिँदो फेसन स्टाइललाई फलो गर्ने र आफूलाई सदाबहार रूपमा स्टाइलिस्ट प्रस्तुत गर्न चाहने युवापुस्तामध्येका केही प्रतिनिधि पात्रलाई नारीको यो अंकमा समेटिएको छ । जसले नेपालको पछिल्लो फेसन ट्रेन्डलाई मात्र होइन अफ सिजनमा पनि आफूलाई कसरी फेसनमार्फत बोल्ड एन्ड ब्युटिफुल्ली प्रस्तुत गर्ने भन्ने विषयमा आ–आफ्ना

समय, सोच एवं परिवेश बदलिएको छ । त्यसको प्रभाव जीवनशैलीमा नपर्ने कुरै भएन । दशकअघिसम्म गर्मी मौसमलाई फेसनेबल मानिन्थ्यो । उक्त मौसममा खुला पहिरन लगाउन सकिन्थ्यो । तर अहिले बजारमा जाडोमा झनै स्टाइलिस्ट र फेसनेबल देखिने पहिरन उपलब्ध छन् । साथै पहिले जस्तो ब्रान्ड र स्टाइलका लागि विदेशमै किनमेल गर्न जाने ट्ेरन्डलाई समेत चुनौती दिँदै अहिले नेपाली बजारमा अनगिन्ती ब्रान्डेड फेसन स्टोर खुलिसकेका छन् । उहिले संभ्रान्तहरूको मात्र पहुँच रहेको नेपाली फेसन जगत्ले अहिले मध्यम वर्गलाई समेत छोइसकेको छ । 

अहिले व्यक्तित्व पहिरनसँग गाभिन थालेको छ । त्यसैले पनि पुरानो भनाइ ‘खाने आफ्ना लागि लगाउने अरूका लागि’ थप सान्दर्भिक हुँदैछ । जाडोका लागि बजारमा विभिन्न डिजाइनका पहिरन तथा एसेसरिज उपलब्ध हुन थालेका छन् । जसमध्ये कुन पहिरन वा कुन लुक्समा आफू स्मार्ट देखिन सकिन्छ थाहा पाउनुपर्छ ।

यसपटक विन्टरका लागि लामो वुलन स्कर्ट, कोट स्टाइलको टप्स, स्टाइलिस्ट नेक भएको लामा कुर्ता, वुलन पाइन्ट, लेदर पाइन्ट तथा ज्याकेट, लियोनार्दाे प्रिन्ट ज्याकेट तथा लङ कोटहरू विशेष रुचाइएका छन् । अफिसियल वर्कका लागि निलेन्थ वुलन स्कर्ट, स्टकिङ, लङ बुट, लङ कोट तथा स्कार्फ पनि फेसनमा छन् । कुर्ता लगाउनेहरूका लागि वुलन, भेल्भेट तथा फूलकारीका लामा कुर्तीहरू फेसनमा छन् जुन पाइन्ट स्टाइलको वुलन सुरुवालसँग लगाउँदा न्यानो हुनुका साथै स्टाइलिस्टसमेत देखिन्छन् ।

पूर्वमिस युनिभर्स नगमा श्रेष्ठका अनुसार परम्परागतभन्दा भिन्न शैलीका परिधान अहिले नेपाली बजारमा देखिइसकेका छन् । नेपाली उत्पादनका पहिरन पनि हेर्दा स्टाइलिस्ट, न्याना र लगाउँदा सहज हुने खालका छन् । त्यति मात्र नभई नेपाली कच्चापदार्थबाट तयार पारिएका नेपाली उत्पादन पनि ब्रान्डेडभन्दा कम छैनन् । श्रेष्ठ भन्छिन्–‘पहिले अल्लो, गाँजा, बाँस, सिस्नो, रेसम आदि कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेका पहिरन विदेश मात्रै निर्यात हुन्थे । ती महँगो मूल्य र हेरविचारका दृष्टिकोणले पनि गाह्रो हुने भएकाले नेपालीहरूको रोजाइमा कम पर्थे ।’ अहिले यिनै पहिरन नेपालीहरूका प्रिय भएका छन् ।

कारण लगाउँदा न्याना र लुक्समा स्टाइलिस्ट देखिने हुँदा पछिल्लो समयमा यी उत्पादन हरेक क्षेत्रका प्रोफेसनलहरूको रोजाइमा परेका छन् । त्यसको कारण अहिले मानिसहरू जीवनशैलीमा खानपान, लगाइमा समेत अर्गानिकपनको खोजीलाई मान्न सकिन्छ । अल्लो, गाँजा, बाँस, सिस्नो, रेसम आदि फेब्रिकले शरीरमा कुनै साइड इफेक्ट नगर्ने तथा न्यानो र इलिगेन्ट लुक्स दिने कारण पनि धेरैको रोजाइमा यी फेब्रिकहरू परेको फेसन डिजाइनर आस्तिक शेरचन बताउँछन् । शेरचनका अनुसार अहिलेको पुस्ता स्मार्ट एन्ड बोल्ड देखिन खर्च गर्न पनि कन्जुस्याइँ गर्दैन । 

फेसन स्टाइलिस्ट तृष्णा गुरुङ भन्छिन्–‘अहिलेका फेसन फलोअरहरू जाडो मौसमलाई बोल्ड एन्ड स्टाइलिस्ट देखिने समयका रूपमा लिने गरेका छन् । लङ बुटमा डिजाइनर ओभरकोट अनि भित्र नेक वा नेकलेस स्वेटर लगाउँदा ग्ल्यामरस देखिन्छ ।’ बजारमा अहिले पहिरनअनुसार रेड, पिंक, पर्पल, ब्लुजस्ता कलरफुल बुटहरू चल्तीमा छन् । तिनलाई पहिरनको रंगअनुसार म्याचिङ गरेर लगाउन सकिन्छ । अहिले परिधानमा पनि कोटको फेब्रिकमा वान पिस, ओभरकोट, लङकोट, सर्टकोट, स्कर्ट, हाइनेक, हाइवेस्ट पाइन्टमा लेदर र जिन्सका सर्ट ज्याकेट प्रचलित छन् । 

फेसन डिजाइनर रमिला नेमकुलका अनुसार केही वर्षयता तुलनात्मक रूपमा नेपाली फेसन दुनियाँमा धेरै परिवर्तन देखापरेको छ । अहिले दक्षिण एसियामा अन्य देशको कुरा गर्दा नेपाल अग्रस्थानमा छ । नेपाल पहिलेदेखि नै फेसनेबल देश हो । त्यतिबेला पनि अन्य देशबाट भित्रिएका विभिन्न ब्रान्डका कपडाहरू नेपालमा आउँथे । विदेशीहरू पनि किनमेल गर्थे । अहिले युवापुस्तामा डिजाइनदार कपडाहरू लगाउने चलन बढेको छ । नेमकुल भन्छिन्–‘पहिले कोट र पाइन्टबाहेक डिजाइन गरेर कसैले पनि लगाउँदैनथे ।

अझ महिलाको हकमा डिजाइन नगरेका कपडा लगाउने चलन नै थिएन । अहिले अधिकांशले डिजाइनका कपडा लगाएर हिँड्ने चलन बढेको छ । तुलनात्मक रूपमा पुरुषभन्दा महिला फेसनमा आकर्षित भएका छन् । यसले रोजगारको सिर्जना गरेको छ भने फेसनका कारण महिला सशक्तीकरणमा पनि सहयोग पुगेको छ ।’ अहिले नेपालमा जाडो लक्षित फेसन ट्ेरन्ड बुम हँुंदै गएको छ र यसलाई युवापुस्ताले राम्रोसँग क्यारी गरेको रमिलाको धारणा छ । 

हरसमय फेसनेबल बन्ने चाहना सबैको हुन्छ । अझ नयाँ पहिरन फरक तौरतरिकाबाट लगाउन सबै लालायित हुन्छन् । हिजोआज मानिसहरू सुन्दरता र कपडाका लागि धेरै समय र पैसा खर्च गरिरहेका हुन्छन् । तर सबैलाई जाडोमा कसरी अरूभन्दा आफू पृथक् देखिने भन्ने कुरा थाहा नहुन पनि सक्छ ।

जिन्स

जिन्स सदाबहार पहिरन हो । जाडो होस् वा गर्मी अथवा जस्तोसुकै कार्यक्रममा किन नहोस् जिन्सलाई सदाबहार फेसनका रूपमा लिइन्छ । यसबाट बनेका सर्टस्, स्कर्ट्स, पाइन्ट, ज्याकेट एवं हरेक प्रकारका पहिरन हरसमय उत्तिकै लोकप्रिय हुन्छन् । जाडोमा स्किनी फेदर जिन्स लङकोट, ओभरकोट, बुट, हाइनेक, स्वेटर्ससँग म्याचिङ गरेर लगाउँदा ड्यासिङ पर्सनालिटी झल्किन्छ । 

सिक्वेन्स कोट 

पार्टीका लागि लाइक्रा वान पिस ड्रेसमा गोल्डेन, सिल्भर र ब्ल्याक सिक्वेन्स कोट फेसनमा छन् । यो कोटले स्मार्ट मात्र होइन फरक लुक्स दिन्छ । 

ऊलन ड्रेस

ऊलन फेब्रिकका पहिरनहरू यसपटक विन्टर फेसनको ट्ेरन्डमा छन् । ऊलनका वान पिस, टु पिस ड्ेरस, ऊलन कोट, लेयर ड्रेस, गाउनसमेत फेसनमा छन् । बजारमा ऊलनका प्लेन फेब्रिकका साथमा फ्लावर तथा चेक प्रिन्टेड, पोल्का डट आदि उपलब्ध भएको फेसन डिजाइनर उषा खड्गी बताउँछिन् । 

गोल्डेन ज्याकेट

अहिले गोल्डेन ज्याकेटको फेसन चलेको छ । यो ज्याकेट छोटो पहिरनसँग (वान पिस) लगाउँदा राम्रो देखिन्छ । सेतो, रातो वा कालो रंगको कुनै पनि पहिरनमा यो रंगको ज्याकेटको प्रयोग राम्रो देखिन्छ । जाडोमा समय र ठाउँ हेरेर यो ज्याकेट लगाउँदा ड्ेरस सेन्सलाई प्रमाणित गर्छ । 

लेस ड्रेस

लेस हरेक प्रकारको कपडाको शोभा बढाउन मद्दत गर्छ । छालाको रंग कालो भएकालाई यो पहिरनले राम्रो लुक्स दिन्छ । यस्तो पहिरनमा कालो र रातो रंग बढी राम्रो देखिन्छ । तर सबै पहिरनमा यो लगाउन सकिन्छ । वान पिस, सर्ट वा लङकोटमा नै यसको प्रयोगले समग्र पहिरनलाई नै पृथक् लुक्स दिन्छ । 

सर्ट ड्रेस

यो ड्रेस मन नपराउने कमै हुन्छन् । यो सदाबहार ड्रेसमा पर्छ । यो प्राय: गर्मीमा लगाउने भनेर चिनिए पनि अहिले जाडोमा न्यानो फेब्रिकका साथ यस्ता ड्रेस लगाउँदा ग्ल्यामरसका साथै स्टाइलिस्ट देखिन्छ । 

फ्रिल्स ड्रेस

यो ड्रेसलाई पनि अहिले सबैले मन पराएका छन् । फ्रिल्सको प्रयोग धेरै किसिमका पहिरनमा देख्न पाइन्छ । यो महिलाहरूमा आकर्षक देखिने ड्रेस हो । जाडो मौसममा फ्रिलयुक्त मफलर, टोपी, पञ्जाले फरक लुक्स दिन सघाउँछन् । 

केप ज्याकेट

यो ड्रेस खासै लगाएको नदेखिए पनि धेरैले मन पराएको पाइन्छ । यो ज्याकेट लगाउन पनि आरामदायी हुन्छ र यसले एलिगेन्ट तथा स्मार्ट लुक्स दिन्छ । हाइवेस्ट पाइन्टमा म्याचिङ हुने यो ज्याकेट महिला–पुरुष दुवैका लागि उपयुक्त हुन्छ । 

जाडोका लागि न्यानो र स्टाइलिस्ट देखिन

फरक डिजाइनका कलरफुल बुटहरू । ओभरकोट तथा लङकोट । वान पिस । पुलओभर । पञ्चु । हुडी । स्वेटर्स । हाइनेक तथा लोनेक । स्कर्ट । कटराइज, फेदरयुक्त जिन्स । फेब्रिक : वुलन (प्लेन तथा फ्लावर प्रिन्ट, भेल्भेट, फूलकारी, लाइक्रा,.रसिल्क, पस्मिना, अल्लो, ढाका, लिनेन, अल्लो, सिस्नु आदि । 

कलर : रातो, कालो, हरियो, खैरो, मरुन, नीलो, खरानी आदि गाढा रंगका पहिरनले जाडोमा न्यानो लुक्स दिन्छन् ।

बदलिँदो फेसन स्टाइललाई फलो गर्ने र आफूलाई सदाबहार रूपमा स्टाइलिस्ट प्रस्तुत गर्न चाहने युवापुस्तामध्येका केही प्रतिनिधि पात्रलाई नारीको यो अंकमा समेटिएको छ । जसले नेपालको पछिल्लो फेसन ट्ेरन्डलाई मात्र होइन अफ सिजनमा पनि आफूलाई कसरी फेसनमार्फत बोल्ड एन्ड ब्युटिफुल्ली प्रस्तुत गर्ने भन्ने विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् । 

 Image