Successfully Copied

एनसेल मेलामा मेलिना

यो समय नेपाली सांगीतिक आकाशमा जगमगाइरहेको एउटा तारा हुन्– मेलिना राई । उनी पछिल्लो समय विभिन्न आधुनिक गीत देखि लिएर पाश्र्व गायनमा निक्कै ब्यस्त छिन् । स्टुडियोमा मात्रै होईन देश तथा विदेशमा हुने विभिन्न मेला महोत्सवमा पनि मेलिनको उपस्थिती बाक्लै हुने गर्छ । 

यहि क्रममा उनले बुटवलमा एनसेलले आयोजना गरेको ‘एनसेल मेला २०७६’मा दर्शक स्रोताको मन जितेकी छिन् । उनको प्रस्तुतीमा आगन्तुक तथा दर्शकहरुले भरपुर गाउँदै नाँच्दै रमाएर साथ दिएका थिए । 

मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बाँस्कोटा, टीका प्रसाईं लगायतका कलाकारले पनि आफ्नो प्रस्तुती दिएका थिए । 

 Image