Successfully Copied

फिट रहन प्रसस्त पानी सेवन

जाडोमा फिट रहन प्रशस्त मात्रामा पानी पिउँछु । जंकफुड तथा चिल्लो खानेकुरा कमै खान्छु । सन्तुलित भोजनका साथै फलफूल र सागपात बढी मात्रामा खान्छु ।

नेपालमा थोरै बाथ रोग विशेषज्ञमध्ये पर्छिन् डा.श्वेता नकर्मी । उनी नेसनल बाथ रोग सेन्टर रातोपुलमा कार्यरत छिन् । 

जाडोबाट बच्न के गर्नुहुन्छ ? 

न्याना पहिरन लगाउँछु । 

जाडोमा फिट रहन के गर्नुहुन्छ ? 

प्रशस्त मात्रामा पानी पिउँछु । जंकफुड तथा चिल्लो खानेकुरा कमै खान्छु । सन्तुलित भोजनका साथै फलफूल र सागपात बढी मात्रामा खान्छु ।

जाडोमा कस्तो पहिरन लगाउँदा स्मार्ट महसुस गर्नुहुन्छ ?

जाडो मौसममा न्यानो हुने स्टाइलिस पहिरन मेरो रोजाइमा पर्छ । त्यसैगरी लगाउँदा सहज हुने र राम्रो लुक्स दिने साधारण पहिरन लगाउन मनपर्छ । 

टोपी, स्कार्फ, मफलर, पन्जा लगाउनुहुन्छ 

जाडोमा म टोपी, स्कार्फभन्दा पनि पन्जा लगाउँछु । 

जाडोको फुटवेयर ?

फर्मल वेयरसँग बुट लगाउँछु । त्यसैगरी क्याजुअलमा सहज हुने स्निकरका जुत्ता लगाउँछु । 

जाडोमा कस्तो खाना खानुहुन्छ ? 

म खानाको कुनै रुटिन फलो गर्दिन । दिनहुँ ग्रिन टी, हट लेमनसहित ३ लिटर पानी पिउँछु । प्रशस्त मात्रामा तरकारी र फलफूल खान्छु । चिल्लो तथा बटर खाँदिन । रातिको डिनर ६ बजे खाइसक्छु । 

जाडो मौसम कस्तो लाग्छ ? 

जाडो मौसम राम्रै लाग्छ । 

जाडोमा नियमित व्यायाम गर्नुहुन्छ ? 

गर्मीमा जस्तो सक्रिय भएर जाडोमा व्यायाम गर्न कठिन हुन्छ । यतिबेला म साधारण स्ट्रेचिङ  मात्र गर्छु । 

जाडो मौसमका दिनचर्या ? 

हस्पिटल, घर–हस्पिटल यस्तैमा मेरो दिनचर्या बित्छ ।

 

 Image