Successfully Copied

नेपाली उत्पादनको माग बढ्दो  

अहिले नेपाली उत्पादन टिकाउ हुनुका साथै गुणस्तरीय पनि हुँदै गएका छन् । विदेशी ब्रान्डहरूको छापले पनि नेपाली ब्रान्डप्रतिको मोह कम भएको हो । अहिले नेपाली पहिरन विदेश निर्यात हुने क्रमसमेत बढ्दै गएको छ । हरेक देशमा नेपालका उत्पादन पुगिसकेका छन् । नेपाली उत्पादनको माग विदेशमा उच्च छ । 

लालबहादुर परियार

प्रबन्ध निर्देशक, एसएस गार्मेन्ट

कहिलेदेखि नेपाली पहिरन उत्पादन गर्दै हुनुहुन्छ ?

हामीले विगत ९ वर्षदेखि नेपाली कपडा उत्पादन गर्दै आएका छौं । 

जाडो मौसमलाई लक्षित गरी अहिले कस्ता पहिरन तयार गर्दै हुनुहुन्छ ? 

सिलिकनका ज्याकेटहरू बजारमा उतारेका छौं । त्यस्तै विन पु्रफ ज्याकेट, ट्य्राकसुट तथा ट्राउजरहरू पनि उत्पादन गरिरहेका छौं । हामीले विद्यालय वा कलेजका लागि आवश्यक पहिरन पनि तयार गरेका छौं । 

जाडो मौसममा कस्तो पहिरको माग बढी हुन्छ ? 

प्राय: भारी कपडाको माग हुन्छ । त्यसैगरी फाइबरयुक्त पहिरन नै बढी बिक्री हुन्छन् । सिलिकनबाट निर्मित पहिरनको माग पनि बढ्दो छ । 

नेपाली उत्पादन टिकाउ हुँदैनन् भन्ने आलोचना पनि सुनिन्छ नि ? 

यो एक प्रकारको भ्रम नै हो । अहिले नेपाली उत्पादन टिकाउ हुनुका साथै गुणस्तरीय पनि हुँदै गएका छन् । विदेशी ब्रान्डहरूको छापले पनि नेपाली ब्रान्डप्रतिको मोह कम भएको हो । अहिले नेपाली पहिरन विदेश निर्यात हुने क्रमसमेत बढ्दै गएको छ । हरेक देशमा नेपालका उत्पादन पुगिसकेका छन् । नेपाली उत्पादनको माग विदेशमा उच्च छ । 

विदेशबाट भित्रिने पहिरनको आयात कम गर्न के गर्नुपर्ला ? 

नेपालमा उत्पादित पहिरनको राम्रो बजारीकरण गर्न सके विदेशबाट आयात हुने पहिरनको आयात कम गर्न सकिन्छ । त्यस्तै अबैध रूपमा भित्रिने पहिरनमा कडाइ गर्दा पनि नेपाली बजारमा नेपाली पहिरनले ठाउँ पाउँछन् । 

यहााँ उत्पादित पहिरनको मूल्य कतिसम्म छ ? 

हामी होलसेल मूल्यमा पहिरन बेच्छौँ  । हामीले ३ सयदेखि २ हजारसम्मका पहिरन तयार गरेका छौं ।

 Image