Successfully Copied

हट एन्ड सावर सुप

तेलमा लसुन फ्राइ गर्ने, चिकेन हालेर फ्राइ गर्ने त्यसपछि भेजिटेबल हालेर केही बेर फ्राइ गर्ने । पानी हाल्ने त्यसमा सोया सस, भेनिगर, नुन, सेतो मरिच उमालेपछि कर्नफ्लोरलाई पानीमा घोलेर हाल्ने । १० सेकेन्ड उमाल्ने र तिलको तेल हालेर सर्भ गर्ने ।

सामग्री : चाइनिज भेजिटेबल मसिनो गरी काटेको १० ग्राम, चिकेन मसिनो काटेको १० ग्राम, अण्डा १ वटा, सोया सस १५ मिलिलिटर, नुन स्वादअनुसार, सेतो मरिच २ ग्राम, भेनिगर १० मिलिलिटर, लसुन ५ ग्राम, तेल ५ मिलिलिटर, तिल तेल १० मिलिलिटर, कर्नफ्लोर ५ ग्राम ।

विधि : तेलमा लसुन फ्राइ गर्ने, चिकेन हालेर फ्राइ गर्ने त्यसपछि भेजिटेबल हालेर केही बेर फ्राइ गर्ने । पानी हाल्ने त्यसमा सोया सस, भेनिगर, नुन, सेतो मरिच उमालेपछि कर्नफ्लोरलाई पानीमा घोलेर हाल्ने । १० सेकेन्ड उमाल्ने र तिलको तेल हालेर सर्भ गर्ने ।

चकोलाभा विथ भेनिला आइसक्रिम

सामग्री : चकलेट १ सय ग्राम, चिनी ८० ग्राम, मैदा ३५ ग्राम, अण्डा २ वटा, बटर ८० ग्राम ।

विधि : चकलेट र बटरलाई सानो आँचमा राख्दै मिक्स गर्ने । चिनी र अण्डालाई सँगै फिट्ने । थोरै–थोरै गरेर मैदा मिसाउने । चकलेट र बटर मिक्सरमा घोल्ने । यसलाई ओभनको बेकिङ मोडमा हाली १ सय ८० डिग्री सेन्टिग्रेटमा ९ मिनेट पकाउने र भेनिला आइसक्रिमसँग सर्भ गर्ने ।

सर्भ गर्दा : यसलाई फ्रुट सांग्रिया र ग्रिन मेसिन मोक्टेलसँग सर्भ गर्न सकिन्छ । 

 Image