Successfully Copied

किड्डी फेस अफ दि इयरका प्रतिभा अनेक 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । 

‘किड्डी फेस अफ दि इयर २०२०’का ३२ प्रतियोगी बालबालीकाले आफू भित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । 

प्रतियोगिताको यो ५ औँ  संस्करण हो । यो संस्करणमा ७ बालक र २५ बालिका फाइनल स्पर्धामा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब १०० बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् । प्रतियोगितामा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्टयाएको आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले जानकारी दिए ।

ट्यालेन्ट उपाधिका लागि आयोजित ‘ट्यालेन्ट शो’मा निलिमा मास्के श्रेष्ठ (गीतकार) गुण केसरी ताम्राकार अन्तराष्ट्रिय मेकअप आर्टिस, श्याम खड्का (रंगमञ्च कलाकार), मन्दिरा बज्राचार्य (नृत्य निर्देशक)लगायत निर्णायक रहेका थिए ।

प्रतियोगिताको अनितम स्पर्धा आगामी माघ ४ गते राष्ट्रिय नाँचघर जमलमा आयोजना हुादैछ । स्पर्धामा बालबालिका बिभिन्न आकर्षक पहिरन सहित ऱ्याम्प प्रस्तसत हुनेछन् । जसको पहिरन डिजाइन श्रीषा बैदार फैजुले तयार पार्नेछिन् । 

ब्यक्तित्व बिकाश, डान्स, सन्चारकला, बिभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगिता अन्तिम स्पर्धामा उत्रिनेछन् ।

प्रतियोगितामा शिर्ष उपाधिका अलवा बिभिन्न दर्जन उपशिर्षकमा समेत बिजेता छानिनेछ । बिजेताले उपाधिका  साधमा बिभिन्न अवसर र गिफ्ट उपहारको रुपमा प्राप्त गर्नेछन् ।

बालबालिकाको ब्यक्तित्व बिकाश, क्षेमता अभिबृद्धी गर्दै उज्वल भबिश्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले  प्रतियोगिता आयोजना हुँदै आएको हो ।

 

 Image