Successfully Copied

विषेश देखिन सहज पहिरन

म विशेष गरी शरीरलाई सहज हुने पहिरन लगाउँछु । मलाई पाइन्ट, लङ वान पिस तथा सर्ट मनपर्छन् । पार्टीहरूमा सहभागी हुँदा सारी, लेहेंगा, गाउन तथा वान पिस लगाउँछु भने यो गर्मीमा पाइन्ट र सर्ट प्रयोग गरिरहेकी छु । 

नीता ढुंगाना, नायिका

पहिरन 

म विशेष गरी शरीरलाई सहज हुने पहिरन लगाउँछु । मलाई पाइन्ट, लङ वान पिस तथा सर्ट मनपर्छन् । पार्टीहरूमा सहभागी हुँदा सारी, लेहेंगा, गाउन तथा वान पिस लगाउँछु भने यो गर्मीमा पाइन्ट र सर्ट प्रयोग गरिरहेकी छु । 

सेतो र हरियो रंग निकै मनपर्छ 

म प्राय: रंगीचंगी पहिरन प्रयोग गर्छु । व्यक्तित्वमा पहिरनको ठूलो भूमिका हुन्छ । कालो र खैरो रंगका कपडाले गर्मी बढाउने हुँदा त्यति प्रयोग गर्दिन । मलाई सेतो र हरियो रंग असाध्यै मनपर्छ । 

जुत्ता 

बाहिर हिँड्दा चप्पल नै प्रयोग गर्छु तर कुनै लामो यात्रामा जाँदैछु भने स्पोर्ट्स सुज लगाउँछु । म हिल भएको जुत्ता लगाउँदिन, प्राय: स्लिपर नै प्रयोग गर्छु, जसमा सहज फिल हुन्छ । 

एसेसरिज 

मलाई घडी तथा औंठी आदि संकलन गर्न असाध्यै मन लाग्छ तर लगाएर हिँड्न मन लाग्दैन । 

मेकअप 

बाहिर हिँड्दा नर्मल मेकअप गर्छु । जाडोको तुलनामा गर्मीमा त्यति मेकअप गर्नुपर्दैन । त्यसैले म नर्मल रूपमै प्रस्तुत हुन्छु ।

 

 Image