Successfully Copied

जाडोको मेकअप

मेकअप गर्दा अनुहारमा अन्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्नुपर्छ । अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सकिन्छ ।

 

 मेकअप गर्दा अनुहारमा अन्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्नुपर्छ । अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सकिन्छ ।

 

जाडो सुरु हुन थालेपछि स्किन सुख्खा हुँदै जान्छ । यतिबेला स्किनको ग्लो कायम राख्न स्किनको हेरचाह अरू बेला भन्दा बढी गर्नुपर्छ । स्किनमा सुख्खापन देख्नासाथ दिनको २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ ।

यो मौसममा वातावरणमा तापक्रम कम भएर चिसो हावा चल्नाले स्किनमा भएको ओइल ग्लान्डले चिल्लो पदार्थको उत्पादन कम गर्छ र स्किनमा सुख्खापन देखापर्छ । बढी घाममा बस्दा, कोठामा हिटर प्रयोग गर्दा, चिसो हावामा बढी हिँडडुल गर्दा, एसीमा बस्दा मोइस्चर उडेर छाला सुख्खा हुन्छ । यस्तो अवस्था धेरै दिन कायम रहे छालामा पातलो लाइन देखा पर्छ जसले पछि स्थायी रूप लिन्छ र स्किनको चमक हराउन थाल्छ ।

मोइस्चराइजर दिउँसो पनि लगाउनुपर्ने भएकाले डे क्रिममा एसपीएफयुक्त प्रसाधन प्रयोग गरी स्किन टोनअनुरूपको एसपीएफयुक्त फेस पाउडर लगाउनुपर्छ जसले गर्दा सूर्यको नकारात्मक किरणबाट जोगिन सकिन्छ । यो मौसममा स्किनमा तातोपानीको प्रयोग, साबुन तथा फेसवास प्रयोग गरे छालाको चिल्लो निस्किएर त्यसको नरमपन उड्छ भने स्किन सुख्खा हुने, मृतकोष देखा पर्ने एवं फुट्ने समस्याले सताउन थाल्छ ।

जाडोमा स्पा लिँदा शरीरको सबै फोहोर हट्छ र स्किनमा जम्मा भैरहेको अतिरिक्त तेल पनि बाहिर निस्कन्छ । समय–समयमा स्किनको स्क्रब गर्नु उपयुक्त हुन्छ । यसले स्किनमा भएका मृतकोषिकाहरू निकाल्छ र छाला नरम हुनुका साथै त्यसको ग्लो पनि फर्कन थाल्छ । छालाको पोर खोल्ने भएकाले स्क्रब गरेपछि अनिवार्य फेसप्याक लगाउनुपर्छ ।

जाडोमा चिसो हावाले हातखुट्टाको छाला सुख्खा हुन्छ र फुट्न थाल्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा ह्यान्ड तथा फुट लोसन लगाउनुपर्छ । 

स्किन मेन्टेन भएपछि मेकअपको प्लान गर्नुपर्छ । विन्टरमा मोइस्चराइजर अलि बढी लगाउनुपर्छ । मोइस्चराइजर लगाउनुअघि कन्सिलर लगाउन सकिन्छ ।

स्किन ओयली छ भने ओइल फ्रि मोइस्चराइजर अनि स्किन ड्राइ छ भने नर्मल मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यो मौसममा अल्कोहलरहित स्किन रिप्रेसर प्रयोग गरेपछि मोइस्चराइजरको प्रयोग उपयुक्त हुन्छ । मेकअप गर्दा अनुहारमा अन्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्नुपर्छ ।

अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सकिन्छ । नर्मल डेमा मेकअप गर्दा स्किन केयर मोइस्चराइजर तथा बीबी क्रिम लगाउनु उपयुक्त हुन्छ । यदि पार्टीका लागि हेभी मेकअप गर्ने हो भने वाटर वेस अथवा ओइल बेस फाउन्डेसन प्रयोग गर्न सकिन्छ । 

आइब्रो करेक्सनमा लाइट ब्राउन, ग्रे, डार्क ब्राउन आदि कलर उपयुक्त हुन्छन् । आइमेकअपका लागि क्रिमी आइस्याडोको लाइट साइन आइस्याडो प्रयोग गर्नुका साथै त्यसको रंगमा लाइट पिंक, गोल्डेन, ब्रन्ज, कपर, ब्राउन, लाइट पर्पल आदि उपयुक्त हुन्छ ।

आइलाइनरमा लिक्विड जेलमा स्केच लाइनर प्रयोग गरेर भोलुम मस्कारा लगाउनुपर्छ । आइब्रो हाइलाइट गरेर ब्ल्याक वा ब्राउन गाजल लगाउनुपर्छ । क्रिमी वा म्याट ब्लसर प्रयोग गर्न सकिन्छ । यो मौसममा लाइट पिंक, पिच ब्लस प्रयोग गरेर ओठमा लिपिस्टिक लगाई ग्लस लगाउनुपर्छ । 

 Image