Successfully Copied

नेपालमा सौन्दर्य लक्जरी लाउन्च

नेपालमै फाईनेस्ट लक्जरी लाउन्च ( सलुन ) शुरु भएको छ । काठमाण्डौंको शेर्पा मलमा खुलेको यो लक्जरी सलुन यो तहमा नेपालमै पहिलो भएको बताइएको छ । चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स यूनिसेक्स सैलुन’को उद्घाटन गर्न नायिकाद्धय पूजा शर्मा

नेपालमै फाईनेस्ट लक्जरी लाउन्च ( सलुन ) शुरु भएको छ । काठमाण्डौंको शेर्पा मलमा खुलेको यो लक्जरी सलुन यो तहमा नेपालमै पहिलो भएको बताइएको छ । चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स यूनिसेक्स सैलुन’को उद्घाटन गर्न नायिकाद्धय पूजा शर्मा र वर्षा राउतको साथमा नायक आकाश श्रेष्ठ र निर्देशक दीपाश्री निरौला पुगेका थिए । 

उनीहरुले रिबन काटेर ‘लुक्स’को उद्घाटन गरे । फुल बडी पोलिसिङ देखी अष्ट्रेलियन फेसियल सेवासम्म उपलब्ध यहां बिशेष ब्यक्तिका लागी छुट्टा–छुट्टै भिआइपी रुमहरु छन् , यस्ता एउटै रुमभित्र बडी पोलिसिङ, बडी स्क्रबिङ, हेयरकट, हेयरकलर लगायत सम्पुर्ण सेवा प्रदान गरिन्छ ।

मानिसहरुले खानेकुरामा जुन तरिकाले पैसा खर्च गरिरहेका छन् त्यो अनुसार आफ्नो लुक्समा खर्च नगरेको भन्दै यसका संचालक सुमित मैनाली भन्छन्–‘हाम्रो सैलुनले महिला वा पुरुष दुबैलाई आफ्नो लुक्समा पनि ध्यान दिन सहयोग गर्छ ।’ 

सुमितका अनुसार, बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै यो सैलुन संचालनमा ल्याइएको हो । उनी भन्छन्–‘अहिले सैलुनमा जाने मानिसहरुले गोप्यता समेत खोजीरहेका छन् । हामीले यसैलाई मध्यनजर राख्दै सोही अनुरुपको सुविधा समेत यहां उपलब्ध गराएका छौ ।’ 

सैलुन उद्घाटन गर्न पुगेका नायिकाद्धय वर्षा राउत र पूजा शर्माले ‘लुक्स यूनिसेक्स सैलुन’को सेवा दिने तरिका मन परेको बताए । निर्देशक दीपाश्री निरौलाले भनिन्–‘कलाकारलाई फेशन र सौन्दर्यको झनै जरुरी पर्छ । त्यो अनुसारको हरेक सुविधा मैले यो सैलुनमा भेटें ।’ 

 

 Image