Successfully Copied

ब्राइडल मुस्कान 

विवाह जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यसमा दुलहीको मुहारको सुन्दरता र त्यसमा पनि उनको मुस्कान अझ विशेष हुन्छ । त्यसैले विवाहपूर्व आफ्नो दाँतको ख्याल राख्नु आवश्यक छ ।

 विवाह जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यसमा दुलहीको मुहारको सुन्दरता र त्यसमा पनि उनको मुस्कान अझ विशेष हुन्छ । त्यसैले विवाहपूर्व आफ्नो दाँतको ख्याल राख्नु आवश्यक छ ।

वैवाहिक समारोहमा हुने अनेकौं रीतिरिवाज एवं संस्कारले दुलहीलाई शारीरिक थकान महसुस गराउनु स्वाभाविक हो । यद्यपि दुलही सुन्दर तथा आकर्षक देखिनु आवश्यक हुन्छ । यस्तो स्थितिमा दुलहीको मुस्कानले सुन्दरता कायम राख्छ । परफेक्ट मुस्कानका लागि दाँत पनि परफेक्ट हुनुपर्छ । 

दाँतमा ध्यान 

दन्त विज्ञहरूका अनुसार दिनमा कम्तीमा दुई पटक ब्रस गर्नुपर्छ र त्यस क्रममा फ्लोराइडयुक्त टुथपेस्ट नै प्रयोग गर्नु उपयुक्त हुन्छ । राम्रोसँग ब्रस गर्नुका साथै दैनिक रूपमा दाँतलाई फ्लस पनि गर्नुपर्छ । सोडा, जुस तथा अन्य पेयपदार्थको सेवन कम गर्नुपर्छ । खानासँग मिठाईं खानु उचित हुन्छ । कारण यसले खाने समयमा मुखले अधिक मात्रामा सलाइवा बनाउँछ जसबाट एसिडको उत्पादनले दाँतमा पार्ने प्रभाव कम गर्छ । प्रशस्त मात्रामा पानी पिउनु दाँतका लागि लाभदायक हुन्छ । धूम्रपान गर्नुहुँदैन । डेन्टिस्टबाट दाँतको नियमित जाँच गराउनुपर्छ भने वर्षमा दुईपटक दाँत सफा गर्नुपर्छ । 

ट्रिटमेन्ट पनि गर्न सकिन्छ 

आकर्षक मुस्कान प्राप्त गर्न बजारमा अनेकौं ट्रिटमेन्ट उपलब्ध हुन्छन् जस्तै टिथ व्हाइटनिङ, ब्रेसेस, अलाइनर्स, क्राउन्स, ब्रिजेस आदि । समय–समयमा दाँत क्लिनिङ गराउँदा दाँत तथा गिजा बलिया हुन्छन् । यो ट्रिटमेन्टबाहेक अन्य कतिपय कस्मेटिक ट्रिटमेन्ट पनि उपलब्ध छन् जसको सहायताले आफ्नो मुस्कानलाई सुन्दर एवं आकर्षक बनाउन सकिन्छ । 

डाइटमा पनि ध्यान 

विवाह जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यसमा दुलहीको मुहारको सुन्दरता र त्यसमा पनि उनको मुस्कान अझ विशेष हुन्छ । त्यसैले विवाहपूर्व आफ्नो दाँतको ख्याल राख्नु आवश्यक छ । आफ्नो उपहारलाई दाँतको स्वास्थ्य अनुकूल बनाउनुपर्छ । चीज, हरियो सागपात, गाजर, केराजस्ता कुरालाई आफ्नो भोजनमा नियमित रूपमा समावेश गर्नुपर्छ । यी खानेकुरा दाँतको स्वास्थ्यका लागि लाभदायक मानिन्छन् । मिठाईंबाहेक चिप्स, क्रेकर्स, कार्बोनेटेड ड्रिंक, ब्ल्याक कफी तथा अत्यधिक कागतीको सेवनबाट जोगिनुपर्छ । यिनले दाँतको रंगका साथै स्वास्थ्यमा समेत प्रभाव पार्छन् । राम्रो मुस्कानका लागि स्वस्थ गिजाको भूमिका पनि महत्वपूर्ण हुन्छ । गिजालाई मजबुत तथा गुलाफी बनाउन नियमित फ्लस गर्नुका साथै एन्टिब्याक्टेरियल माउथवास प्रयोग गर्न सकिन्छ । 

 Image