Successfully Copied

फुड हब झम्सिखेल

करिब १५ वर्षअघि टंगालमा विवेकमान शेरचनले अमेरिकन रेस्टुराँ सञ्चालनमा ल्याएका थिए । विदेशीले रेस्टुराँको खाना रुचाइहाले, उनको रेस्टुराँ चल्न थाल्यो ।

करिब १५ वर्षअघि टंगालमा विवेकमान शेरचनले अमेरिकन रेस्टुराँ सञ्चालनमा ल्याएका थिए । विदेशीले रेस्टुराँको खाना रुचाइहाले, उनको रेस्टुराँ चल्न थाल्यो ।

 ललितपुरको झम्सिखेल एरिया भिआइपी एरियाका रूपमा परिचित छ । त्यहाँ चारैतिर सुविधा सम्पन्न घरहरू छन् । करिब एक दशकअघिसम्म सुनसान देखिने झम्सिखेल यतिबेला फुड हब बन्दै गएको छ । आवासीय घरहरू धमाधम रेस्टुराँमा परिणत हुँदै गएपछि झम्सिखेल रेस्टुराँ हबका रूपमा बिस्तार हुँदै गएको हो । झम्सिखेललाई ठमेलसँग फ्युजन गरेर झमेल पनि भनिन्छ । यद्यपि स्थानीय बासिन्दाहरू झम्सिखेललाई भलमेल नभन्न् आग्रह गर्छन्। अहिले उक्त ठाउँमा रेस्टुराँ खोल्नेहरूको होडबाजी नै चल्न थालेको छ । विदेशमा बसेर फर्किएका युवाहरूले रेस्टुराँ खोल्दै गएपछि झम्सिखेल रेस्टुराँले भरिन थालेको हो । पछिल्लो समय झम्सिखेल ह्याङआउट गर्ने स्थानका रूपमा परिचित हुँदै गएको छ ।

झम्सिखेलमा सवेना श्रेष्ठले ‘सेभेन सिजन लन्च एन्ड बार’ सञ्चालनमा ल्याएको करिब दुई वर्ष भयो । करिब २ रोपनीमा फैलिएको उक्त रेस्टुराँ पारिवारिक जमघटका लागि उपयुक्त छ । झम्सिखेलमा रेस्टुराँ सञ्चालनमा आउनुको कारण भने शान्त वातावरणमा प्रमुख भएको उक्त रेस्टुराँका व्यवस्थापक किसन खत्री बताउँछन् ।  विदेशीहरूमा पनि ठमेलपछिको आकर्षण झम्सिखेलमै रहेको खत्रीको अनुभव छ । यो ठाउँ शान्त र सुन्दर भएकाले पनि विदेशीहरूको आकर्षण बढ्दै गएको खत्रीले बताए । यहाँ बेलुकाको समयमा विदेशीहरूको चाप बढी हुन्छ खत्री भन्छन् । अहिले नेपालीहरूमा पनि रेस्टुराँप्रतिको क्रेज बढ्दै गएको उनको तर्क छ । 

करिब १५ वर्षअघि टंगालमा विवेकमान शेरचनले अमेरिकन रेस्टुराँ सञ्चालनमा ल्याएका थिए । विदेशीले रेस्टुराँको खाना रुचाइहाले, उनको रेस्टुराँ चल्न थाल्यो । रेस्टुराँलाई चेनका रूपमा फैलाउने योजनामा रहेका शेरचनले अमेरिकन परिकारका साथै झम्सिखेलमा जिम्बु थकाली खोले । काठमाडौंमा जिम्बुको क्रेज बढ्दै गएकाले आफू पनि त्यसप्रति आकर्षित हुँदै गएको उनी बताउँछन् । जिम्बु थकालीमा आफ्नी आमाको सीप भएकाले पनि उनको यो रेस्टुराँ पारिवारिक रेस्टुराँ साबित भएको छ ।

उनको यो जिम्बु थकाली अमेरिकन खानासँगै फ्युजन भएको शेरचन बताउँछन् । झम्सिखेल रेस्टुराँ हब हुनु फेसनजस्तै भएको शेरचन बताउँछन् । ‘एक जनाले रेस्टुराँ खोल्यो अलिक चल्न थालेपछि अरूको पनि रोजाइ त्यही क्षेत्रमा हुने गरेको छ ।’ अन्य थकाली रेस्टुराँको तुलनामा आफ्नो रेस्टुराँ केही महँगो हुने शेरचन बताउँछन् । पार्किङसहितको व्यवस्था, आरामदायक शान्त वातावरणमा बस्ने व्यवस्था भएकाले पनि अन्य जिम्बु खानाको तुलनामा यहाँ केही महँगो भएको उनी बताउँछन् । काठमाडौंमा मानिसहरूको दैनिकी होहल्ला र फोहोरबीच बितेको हुनाले शान्त र सफा ठाउँ खोज्दै मानिसहरू झम्सिखेल आइपुग्ने शेरचनले बताए । 

झम्सिखेलमा कफी पारखीहरूलाई स्वागत गरेर बसेको छ–बिजी बिन । यहाँ कफीका थुप्रै आइटम उपलब्ध हुन्छन् । उक्त क्याफेमा नेपाली, इन्डियन, कन्टिनेन्टल परिकारसमेत उपलब्ध हुने सञ्चालक राजेन्द्र जिसी बताउँछन् । रेस्टुराँ तथा क्याफेहरूमा विदेशीहरूको मात्र घुइँचो हुने मान्यता अहिले भने केही परिवर्तन हुँदै गएको आफ्नो अनुभवले बताएको राजेन्द्र बताउँछन् । क्याफेमा नेपालीहरूको आकर्षण बढ्दै गएको छ । जिसी भन्छन्–‘काठमाडौंको व्यस्त दैनिकी, होहल्ला अनि धूलोधूवाँबाट मुक्त हुन पनि शान्त ठाउँ खोज्दै भम्सिखेल आउने लहर चलेको छ ।’

नरेशध्वज श्रेष्ठ, केन्द्रीय सदस्य नेपाल रेस्टुराँ एन्ड बार एसोसिएसन 

झम्सिखेलमा रेस्टुराँ व्यवसाय बिस्तार हुँदै गएको स्थिति छ । गत वर्ष यो एरियामा ७७ वटा रेस्टुराँ थिए भने अहिले बढेर १ सय १० पुगेका छन् । यहाँ हरेक प्रकारका कफी सप तथा रेस्टुराँ छन् । झम्सिखेललाई ठमेलसँग फ्युजन गरेर झमेल भन्न थालिएसँगै यो एरिया बिस्तार हुँदै गएको हो । यहाँ रेस्टुराँ तथा कफी सप बिस्तार हुनुलाई फेसनका रूपमा पनि लिइएको छ । आवश्यकताभन्दा पनि देखासिकी र अध्ययनको कमीका कारण सबैको व्यसाय फस्टाउन सकेको छैन ।

ठमेल तथा दरबारमार्गको तुलनामा केही सस्तो र शान्त हुनु यो एरियाको विशेषता हो । यो एरियामा अहिलेसम्म बारहरू सञ्चालनमा आएका छैनन् जसका कारण यो क्षेत्र राति पनि शान्त देखिन्छ । अहिले यहाँका रेस्टुराँमा विदेशीहरूको मात्र नभएर नेपालीहरूको आकर्षण पनि बढ्दै गएको छ । रेस्टुराँ तथा बारहरूलाई नियमन तथा नियन्त्रण गर्न संघले अनुगमन गर्ने प्रक्रियासमेत अघि बढाएको छ ।

 

 Image