Successfully Copied

सुन्दर हुन सर्जरी 

 आँखा सानो हुनु, नाक सुलुत्त नपर्नु वा स्तनको आकार सानो–ठूलो हुनु, कोठी आउनु कुनै रोग होइन । न त्यो शरीरको कुनै कमजोरी हो । तर, यसलाई समस्याका रूपमा लिनेहरूको ठूलो पंक्ति छ । सुन्दर देखिने होडमा सबै छन् । मनोविद् अर्चना हाडा मनोवैज्ञानिक कारणले आफूलाई कमजोर वा

 

 आँखा सानो हुनु, नाक सुलुत्त नपर्नु वा स्तनको आकार सानो–ठूलो हुनु, कोठी आउनु कुनै रोग होइन । न त्यो शरीरको कुनै कमजोरी हो । तर, यसलाई समस्याका रूपमा लिनेहरूको ठूलो पंक्ति छ । सुन्दर देखिने होडमा सबै छन् । मनोविद् अर्चना हाडा मनोवैज्ञानिक कारणले आफूलाई कमजोर वा अनाकर्षक महसुस गराउँछ, आत्मविश्वास घटाउँछ ।

 

अनुहारको सर्जरी 

अहिले धेरै नेपालीले अनुहार सर्जरी गर्न थालेका छन् । आँखा, कान, छाला, नाक, मुख आदिको सर्जरी गरेपछि अनुहार पूर्ण सुन्दर हुन्छ । अनुहारको सर्जरी रिकन्स्ट्रक्टिभ र कस्मेटिक गरी दुई किसिमको हुन्छ ।

रिकन्स्ट्रक्टिभ सर्जरी

अनुहार पोलिएको छ वा पूरै अनुहारमा रौं आएको छ भने त्यसलाई हटाउन रिकन्स्ट्रक्टिभ सर्जरी गरिन्छ । अनुहार अङ्गभङ्ग भएर नराम्रो देखिएको छ भने त्यसलाई हटाउन पनि यस्तो सर्जरी गरिन्छ । बाहिरी कारणले अनुहार बिग्रिएको छ भने पनि रिकन्स्ट्रक्टिभ सर्जरी गरिन्छ । 

कस्मेटिक सर्जरी

कस्मेटिक सर्जरी अनुहार राम्रो बनाउन गरिन्छ । विशेष गरेर आफूलाई सुन्दर देखाउन चाहनेले यस प्रकारको सर्जरी गर्ने गरेका छन् । विदेशमा धेरै कलाकारले यो सर्जरी गर्छन् । अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनदेखि सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ । नेपालीहरू खासै प्लास्टिक सर्जरीबारे जानकार छैनन् । 

कसरी गर्ने कस्मेटिक सर्जरी ?

अरूको लहैलहैमा लागेर कस्मेटिक सर्जरी गर्नुभन्दा राम्रोसँग बुझेर गर्नुपर्छ । कस्मेटिक सर्जरी दुई प्रकारले गर्न सकिन्छ । एउटा सर्जरी र अर्को सुईको माध्यमबाट । जुनसुकै उमेर समूहले कस्मेटिक सर्जरी गर्न मिल्छ । नेपालमा विशेषगरी युवाहरूले प्लास्टिक सर्जरी गर्छन् । जन्मजात अनुहारमा वा शरीरको देखिने भागमा कुनै खोट भएमा कस्मेटिक सर्जरी गरिन्छ । 

डाक्टरसँगको काउन्सिलिङपछि प्लास्टिक तथा कस्मेटिक सर्जरी गर्नु उपयुक्त हुन्छ । यो लहडका भरमा गरिने कुरा होइन । सर्जरी किन गर्ने, गरेपछिको अवस्था कस्तो हुन्छ, पहिले नै जानकार हुनुपर्छ । कस्मेटिक सर्जरी नेपालमै गरिँदै आएको छ । नेपालमा यो सेवा सर्वसुलभ पाइन्छ । नेपालमा रहेका युवाहरू प्लास्टिक सर्जरीका लागि विदेश जाने गरेका छन् । हङकङ, जापान, बेलायततिर बस्ने नेपाली भने उताभन्दा यतै सस्तो पर्ने भएकाले नेपाल आउने गरेको डाक्टर शाक्यले बताए । 

कस्तो अवस्थामा गरिन्छ सर्जरी ?

साना आँखालाई ठूलो पार्न, लाम्चो देखाउन सर्जरी गरिन्छ । झोल्लिएको छाला, नमिलेको गाला, निधार आदि मिलाउन, आगोले पोलेको दाग हटाउन, बाङ्गो कान सामान्य बनाउन । ओठ र तालु फाटेको बनाउन, ओठ सानो–ठूलो बनाउन । आँखाको तलपट्टि जमेको बोसो र कालो भाग हटाउन ।

अनुहारमा कस्मेटिक सर्जरी गरेपछिको अवस्था

कस्मेटिक सर्जरी गरेपछि सामान्य अवस्थामा आउन एकदेखि चार हप्तासम्म लाग्न सक्छ । सर्जरी गर्दा सुन्निने वा नीलो डाम बस्ने भएकाले त्यो निको हुन समय लाग्छ । त्यसकारण केही समय आराम गर्नुपर्ने हुन्छ । 

आकर्षक ओठ र गालामा डिम्पल

सुन्दर भनिने अभिनेतृहरू हेरेर ‘फलानीजस्तो’ बनाइदिनू भन्दै युवतीहरू डाक्टरलाई ओठको क्ल्यू दिन्छन् र डाक्टरले त्यसैअनुसार चिटिक्क मिलाइदिन्छन् । यसलाई ‘लिप इन्ह्यान्समेन्ट’ भनिन्छ । पातलो ओठलाई ‘फिलर्स’ राखेर ठूलो देखाउँछन् । ओठमा राखिने ‘फिलर्स’ मानव शरीरमा पाइने एक प्रकारको तत्त्वबाट बनाइने भएकाले यसले कुनै असर नगर्ने र नेचुरल लुक दिने डा. स्वाती अग्रवाल बताउँछिन् । 

भारतीय अभिनेतृ प्रीति जिन्टाको जस्तै डिम्पल चाहने युवतीहरू थुप्रै भएको डा.अग्रवाल बताउँछिन् । ‘डिम्पल क्रिएसन’ नाम दिइएको यो सर्जरी मोडलिङ वा अभिनयलाई करिअरका रूपमा अघि बढाउन चाहने युवतीले गरिरहेको बताइन्छ । धेरै महँगो नपर्ने भएकाले धेरै युवतीले डिम्पल बनाउन चाहने गरेको डाक्टरहरू बताउँछन् । चिउँडोको आकृति बदल्ने ‘चिन काउन्टरिङ’, कानका लागि ‘इअर रिफ्रेसिङ’ गर्न चाहने पनि कस्मेटिक सर्जरी सेवा उपलब्ध हुने अस्पतालमा धाइरहेका छन् ।

 

स्तन घटाउने र बढाउने बराबरी

स्तनभित्र सिलिकन राखेर ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । डा. शाक्यका अनुसार सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै हानि नगर्ने विशेष प्रकारको रबर हो । स्तनको आकारअनुसारको साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने डा. श्रेष्ठ बताउँछन् । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्यसभन्दा माथि हुने जानकारी डा. प्रधानले दिए । नेपालमा सयदेखि २ सय ५० सीसीसम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको डा. रीमा श्रेष्ठ बताउँछिन् ।

पेट र हिप रिपेयर गर्नेहरू

खानपान र आरामदायी जीवनशैलीले पेट वरिपरि बोसो लागेर भद्दा देखिने समस्या सहरवासीमा धेरै देखिन्छ । शारीरिक अभ्यासबाट भन्दा सर्जरीकै माध्यमबाट ‘छिनेको कम्मर’ बनाउन चाहने महिला र पुरुषको संख्या बढ्दो छ । ठूलो हिप र थाई भएकाहरूले पनि अप्रेसन गरेर सानो बनाइरहेका छन् । कस्मेडमा मिस नेपाल रुबी राणा शाहले लाइपोसक्सन प्रक्रियाद्वारा पेट वरिपरिको बोसो घटाएकी थिइन् । यो प्रविधिबाट सानो प्वाल बनाएर अनावश्यक बोसो झिक्ने गरिन्छ । पेटमा झोल्लिएको छाला चिटिक्क पारेर मिलाउने ‘टमी टक’ अप्रेसन गराउनेहरू पनि बढ्दैछन् । यसमा प्राय: बालबच्चा भएका सेलिब्रेटी महिलाहरू बढी छन् । यसले जस्तो पहिरन पनि लगाउन सकिने र स्मार्ट देखाउने हुँदा धेरैको आकर्षण बढेको मिस नेपाल शाह बताउँछिन् । 

ट्रान्सजेन्डरका लागि पनि सर्जरी सुविधा

यौनिक अल्पसंख्यकका लागि पनि विभिन्न कस्मेटिक सर्जरी सेवा नेपालमै उपलब्ध छन् । ‘मेल’ बाट ‘फिमेल’ बन्न चाहनेका लागि ब्रेस्ट इम्प्लान्ट अप्रेसन, अण्डकोष निकाल्ने, अनुहार सानो देखाउने कस्मेटिक सर्जरी पनि नेपालमै गरिन्छ । फिमेलबाट मेल बन्नेका लागि ब्रेस्ट निकाल्ने अप्रेसन पनि गर्ने गरिएको छ ।

        

 

 Image