Successfully Copied

कुञ्जनाको २८ वर्षे सपना

नेपाली कला क्षेत्रमा लोकप्रिय नाम हो– कुञ्जना घिमिरे । तर, कुञ्जनाको कलाकाररितामा एउटा सपना अधुरै रहेछ । २८ वर्षदेखि अभिनेत्री बन्ने सपना देख्दै आएकी कुञ्जनाको यो सपना यसै वर्ष मात्रै पुरा भएको छ ।

नेपाली कला क्षेत्रमा लोकप्रिय नाम हो– कुञ्जना घिमिरे । तर, कुञ्जनाको कलाकाररितामा एउटा सपना अधुरै रहेछ । २८ वर्षदेखि अभिनेत्री बन्ने सपना देख्दै आएकी कुञ्जनाको यो सपना यसै वर्ष मात्रै पुरा भएको छ । उनले चलचित्र ‘सेन्टी भाइरस’मा आएको उक्त सपना पुरा गरेकी हुन् । 

कुञ्जनाले आफूले शिर्ष भूमिकामा रहेर अभिनय गरेको उक्त चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा आफूले आफ्नी छोरीको उमेरबाटै अभिनेत्री बन्ने सपना देखेको उल्लेख गरेकी छिन् । २८ वर्षदेखि अभिनेत्रीको सपना देख्दै आएकी कुञ्जनाको अभिनय यात्रा ५ वर्षदेखि रोकिएको थियो । 

५ वर्षपछि पुन: अभिनयमा फर्केकी अभिनेत्री कुञ्जनाले २८ वर्षपछि पुरा भएको आफू खुशी भएको बताएकी छिन् । 

 

 Image