Successfully Copied

ओभन होल फिस 

सफा गरेको सिंगै माछा १ वटा, ओस्टर सस ५० ग्राम, सोया सस २० ग्राम, हरियो प्याज ड्रेसिङका लागि, सेतो मरिच ५ ग्राम, चिनी ५ ग्राम, भेनिगर १० मिलिलिटर, लसुन १० ग्राम, गाजर १० ग्राम, प्याज १० ग्राम, क्याप्सिकन १० ग्राम । 

सामग्री : सफा गरेको सिंगै माछा १ वटा, ओस्टर सस ५० ग्राम, सोया सस २० ग्राम, हरियो प्याज ड्रेसिङका लागि, सेतो मरिच ५ ग्राम, चिनी ५ ग्राम, भेनिगर १० मिलिलिटर, लसुन १० ग्राम, गाजर १० ग्राम, प्याज १० ग्राम, क्याप्सिकन १० ग्राम । 

विधि : थाइ स्टाइलमा बनाइएको यो होल फिसका लागि मरमसला मोलेर ४० मिनेट ओभनमा हाल्ने । पाकेपछि ओभनबाट निकालेर ओस्टर सस, सोया सस, भेनिगर, नुन, सेतो मरिच, चिनी, डाइस कट काटेको गाजर, हरियो प्याज, स्लाइस काटेको लसुनले ड्रेसिङ गर्ने । 

क्यारोट पम्किन सुप

सामग्री : गाजर २० ग्राम, फर्सी २ सय ग्राम, काटेको लसुन २० ग्राम, ओलिभ आयल २० मिलिलिटर, नुन र सेतो मरिचको धूलो स्वादअनुसार ।

विधि : फर्सी र गाजरलाई मसिनो गरी काटेर उसिन्ने । पाकेपछि मिक्सरमा ब्लेन्ड गर्ने । एउटा प्यानमा ओलिभ ओयलमा लसुन हालेर गाजर र फर्सीको पेस्टसँगै नुन र मरिच हालेर एकछिन उमाल्ने । यो सुप जाडो समयका लागि एकदमै पोषिलो र स्वादिलो हुन्छ ।

 

 Image