Successfully Copied

कोरोना भाइरस : हङकङमा जनजीवन कष्टकर

हङकङमा करिब ४० हजारको संख्यामा नेपालीहरूको बसोवास रहेको छ । अहिलेसम्मको रेकर्डमा कोही पनि नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । अधिकांश नेपालीहरू निर्माण, होटल, सुरक्षाका क्षेत्रहरूमा श्रम गर्दछन् ।

कोरोना भाइरसको संक्रमणले हङकङमा एकजनाको मृत्यु भएको छ । अहिलेसम्मको रेकर्डमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्यु भएको यो पहिलो घटना हो । मृत्यु हुने ३९ वर्षीय चिनियाँ नागरिक हुन् । उनी २१ जनवरीका दिन चीनको वुहान सहर गएका थिए । फर्केर हङकङ आइसकेपछि शरीरका मांसपेशीहरू दुख्ने, ज्वरो आउनेलगायतका समस्या देखा परेपछि हङकङस्थित क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई अर्को अस्पताल प्रिन्स मार्गेरेट पठाइयो । उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भयो । चीनको वुहान सहरबाट सुरु भएको भाइरसले दर्जन बढी देशहरूमा आतंक मच्चाइरहेको छ । 

हङकङमा नेपालीहरूको अवस्था

हङकङमा करिब ४० हजारको संख्यामा नेपालीहरूको बसोवास रहेको छ । अहिलेसम्मको रेकर्डमा कोही पनि नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । अधिकांश नेपालीहरू निर्माण, होटल, सुरक्षाका क्षेत्रहरूमा श्रम गर्दछन् । भाइरस संक्रमणकै कारण ती स्थानहरू केही समयसम्मका लागि बन्द गरिएको छ । भाइरस संक्रमणको त्रास भए पनि सार्वजनिक स्थानहरूमा नेपालीहरूको आवतजावत बाक्लै देखिन्छ ।

पार्सलमा मास्क

अहिले हङकङमा मास्कको अभाव देखिएको छ । ३५ डलरमा पाइने ५० पिसको मास्क प्याकेट अहिले १ देखि २ सय डलरसम्ममा बिक्री भइरहेको छ । नेपाली समुदायहरूमा मास्कको समस्या खासै छैन । हप्तामा ३ वटा नेपाल एयरलाइन्सको उडान हुन्छ, नेपालीहरू आफ्ना आफन्तहरूबाट पार्सलका रुपमा मास्क मगाउने गर्छन् । प्रत्यक्ष सम्पर्कको क्रममा हावाको माध्यमबाट एकदेखि अर्कामा सर्ने कोरोनाबाट बच्ने उपायहरूमध्ये मास्क लगाउनु प्रमुख उपाय हो ।

 

कष्टकर दैनिकी

भाइरस संक्रमणकै कारण बजार पूर्णरूपमा खुल्न सकेको छैन । दैनिक रूपमा उपभोग हुने खाद्यान्न, फलफूललगायतको अभाव सिर्जना भएको छ । डिपार्टमेन्टल स्टोरहरू खाली छन् । सबै नाका बन्द भएकै कारण आयातमा समस्या भएकाले अति आवश्यकीय पदार्थहरू उपलब्ध हुन सकेका छैनन् । अति व्यस्त ठाउँहरू पनि सुनसान प्राय: छ ।

 Image