Successfully Copied

उत्कृष्ट तीनमा नेपाली मूलकी प्रतिष्ठा

नेपाली मूलकी प्रतिष्ठा राउत यही साता बेलायतमा सम्पन्न सौन्दर्य प्रतियोगितामा सेकेन्ड रनरअप भएकी छिन् । उनले आफ्नो फेसबुक वालमा भिडियो पोष्ट गर्दै आफु ‘मिस इङ्ल्याण्ड–२०१९’को उत्कष्ट तीनमा पुगेको जानकारी दिएकी हुन् । 

२० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी हुन् । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्ड भएको थियो । उनले च्यारिटीका लागि सबैभन्दा धेरै राशी संकलन गरेकी थिइन् । मानसिक जागरुकता फैलाउने क्षेत्रमा काम गरिरहेको क्रोनिकल सनसाइन फन्डका लागि प्रतिष्ठाले ९ हजार ९ सय ९९ पाउन्ड (१३ लाख रुपैयाँ बढी) संकलन गर्न सफल भएकी छिन् । यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको छ ।

२६ वर्षीया प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । ५ बर्षको उमेरदेखि परिवारसँग बेलायतमा बस्दै आएकी छन् । उनको बुवा बेलायती गोर्खा सैनिक हुन् । १६ बर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठा पेशाले आर्किटेक हुन् ।

मिस इङ्ल्याण्डको ताज भने भारतीय मूलकी भाषा मुखर्जीले जितेकी हुन् । मिस इंग्ल्यान्ड विजेताले टाइटिलसहित २५ हजार पाउन्ड पुरस्कार, मिस वल्र्डमा सहभागिता र विभिन्न च्यारिटी कार्यमा आबद्ध हुन मौका पाउनेछन् ।

 Image