Successfully Copied

रोजिनाको बाँसुरी मोह

घरसँगै जोडिएको ठूलोबुवाकहाँ बाजाहरू सिकाइन्थ्यो । त्यहाँ धिमे, बाँसुरी, खिं, मादल आदिको आवाजले उनलाई रोमाञ्चक बनाउँथ्यो । उनलाई वाद्यवादनको आवाजले मन्त्रमुग्ध पारिसक्यो । उनले सुरुमा खिं बजाउन थालेकी हुन् । खिं बजाउँदै रोजिनालाई बाँसुरी वादनप्रति रहर जाग्यो । उनले रहरकै भरमा बाँसुरी सिक्न थालिन् ।

काठमाडौंका पुराना बस्ती कला र संस्कृतिले उच्च मानिन्छन् । ओमबहालमा जन्मेकी रोजिना डंगोलका लागि जात्रा, संगीत र पूजापाठसँग निकै आत्मिक सम्बन्ध थियो । टोलटोलमा बाजा बजाएर घुमेको देख्दा रोजिनालाई रमाइलो लाग्थ्यो । तर उनको संगीतप्रतिको आत्मीयता एसएलसीको परीक्षासम्म अभिव्यक्त हुन सकेन । घरसँगै जोडिएको ठूलोबुवाकहाँ बाजाहरू सिकाइन्थ्यो । त्यहाँ धिमे, बाँसुरी, खिं, मादल आदिको आवाजले उनलाई रोमाञ्चक बनाउँथ्यो । उनलाई वाद्यवादनको आवाजले मन्त्रमुग्ध पारिसक्यो । उनले सुरुमा खिं बजाउन थालेकी हुन् । खिं बजाउँदै रोजिनालाई बाँसुरी वादनप्रति रहर जाग्यो । उनले रहरकै भरमा बाँसुरी सिक्न थालिन् । बाँसुरी सिक्दै गर्दा लेडिज ब्यान्ड श्री तारामा बाँसुरीवादकको आवश्यकता सुनेर उनी ज्वाइन भइहालिन् । 

श्री तारामा रोजिनाबाहेक सारंगीमा सुजिना बज्राचार्य, मादल, धिमे र खिंमा शारदा डंगोल छन् । सन् २००९ मा खोलेको उक्त ब्यान्डमा महिला वाद्यवादकको नियमितताको कमीले ब्यान्डका सदस्यहरू फेरबदल भइराखेका हुन्छन् । रोजिना बाँसुरीमै जीवन बिताउने सोचका साथ अहिले क्लासिकल बेस गुरु जीवन आलेसँग सिकिरहेकी छिन् । फ्युजन बजाउने रोजिनाले अहिले फ्युजन म्युजिकहरू रमाइलोका लागि मात्र हो साधना र शास्त्रीय ज्ञान भएन भने संगीतमा ज्यान नहुने उनले बुझेकी छन् । उनी भर्खरै ग्रामी अवार्डमा मनोनयन भएका बाँसुरीवादक मनोज सिंहबाट निकै प्रभावित छिन् । उनले यलमायामा एकल बाँसुरीवादन कार्यक्रम गरिसकेकी छिन् । त्यहाँ दुई घन्टा नियमित प्राक्टिस गर्छिन् । 

उनीभन्दा पहिले गुरु जीवन आलेसँग अमृता उप्रेती, यजु आचार्य र तिलक्ष्मी प्रजापतिले सिकेका हुन् । अमृता १२ वर्षदेखि इन्डियामा हरिप्रसाद चौरसियासँग सिक्दै उतै बाँसुरीवादनमा व्यस्त छिन् भने यजु आचार्य इन्डियन एम्बेसीबाट छात्रवृत्ति पाएर कोलकातामा पढ्दैछिन् । यजु गोर्खाली गल्र्स ब्यान्डमा पनि छिन् । भर्खरै ६ जना केटीको समूह रहेको उक्त ब्यान्डले तयार पारेको म्युजिक भिडियो बजारमा आएको छ, जसमा सिसम राईले कम्पोज र शब्द, स्वरमा म्रिनल मानन्धर, वेशमा रेनु स्याङ्बो गितारमा सुस्मा घलान र इसिका विके, बाँसुरीमा यजु आचार्य, ड्रममा साङ डोमा शेर्पा छिन् ।

बाँसुरीमा काठमाडौं युनिभर्सिटीमा विदेशी महिला बढी पढ्न आउने बताउने जीवन आलेले १–२ जना मात्र नेपाली महिला रहेको बताए । ती पनि प्रमाण पत्र लिएर छाड्नेहरू छन् । जीवन आलेसँग पौडीवाज अनुष्का पोखरेल पनि सिक्दैछिन् । निरन्तता दिए उनको बजाइ पनि राम्रो भएको उनले बताए ।

 Image