Successfully Copied

सितारमा युवापुस्ताको कमी

युवापुस्तामा भने सितारप्रति क्रेज ह्वात्तै घटेको देखिन्छ । एक त बाजाको साइज नै ठूलो, यता–उता लगेर बजाउनै कठिन । अर्काे सितार बजाउने थुप्रै महिला भएर पनि हातैले गन्न मिल्ने उमा थापा, ज्ञानु गोर्खाली, सुशीला बैद्य, सीतामैंया राजच आदि मात्रै छन् ।

जब–जब दसैंको धुन टेलिभिजनतिर आउँछ, तब महिलाहरूले समूहमा सितार बजाएको देखिन्छ । ओहो, कति महिलाहरू सितार बजाउने रहेछन् भन्ने सोच सबैमा आउँछ । उपयुक्त पोजिसनमा बसेरसर स्वतीले बोक्ने वीणाजस्तै देखिने सितार बजाइरहेका महिलाहरूको टिम देख्दा आकर्षण हुने नै भयो । सितार कक्षा आइएमा पद्मकन्या र ललितकला क्याम्पसमा पढाइने हुँदा सितारप्रति महिलाको आकर्षण र सहभागिता बढेको हो ।

युवापुस्तामा भने सितारप्रति क्रेज ह्वात्तै घटेको देखिन्छ । एक त बाजाको साइज नै ठूलो, यता–उता लगेर बजाउनै कठिन । अर्काे सितार बजाउने थुप्रै महिला भएर पनि हातैले गन्न मिल्ने उमा थापा, ज्ञानु गोर्खाली, सुशीला बैद्य, सीतामैंया राजच आदि मात्रै छन् ।

राम्रो सितार बजाउनेमा पुरुष सितारवादक धु्रवेश गौतम, स्व. विजय बैद्यकै नाम आउनुले पनि महिलामा सितारप्रतिको क्रेज घटेको हुन सक्ने सीतामैंया बताउँछिन् । सीतामैंया उठेर सितार बजाउन पहिलो महिलाका रूपमा वल्र्ड बुक अफ लन्डनमा नाम लेखाउन सफल भएकी छिन् । उनी देश–विदेशका थुप्रै कन्सर्टमा समेत व्यस्त छिन् । युवापुस्तामाझ सितारको क्रेज किन घट्यो उनी अचम्ममा छन् ।

उनको अनुभव अन्य स्रष्टाको जस्तै छ, सायद युवापुस्तामा नाम र दाम छिटै कमाउने चाहना बढ्दो छ । अहिले इन्टरनेटको समयमा संसार सानो भइसक्यो तर नयाँ पुस्ताले यस्ता वाद्यवादनतिर आकर्षित नभई टिकटक, फेसबुक र इन्स्टाग्राममै रमाउन थालेकोमा राजचल चिन्तित छिन् । 

 Image