Successfully Copied

सुहानाको साधना

ठूलो सर्कलमा पढ्दा बढी निखारिन्छ कि भन्ने लोभमा पढाइका लागि अमेरिका रोजेको उनले बताइन् । चार वर्ष अमेरिकाको बसोबासमा अझैं बढी भक्तिभावमा डुबिन् । सुहाना भन्छिन्, ‘उता एक्लै हुँदा कृष्णको भक्तिभावमा अझै जान पाएँ ।’

 

आजको युवापुस्ता भौतिक संसारमा रमाइरहेको पाइन्छ । आध्यात्मिक साधनाका लागि उनीहरूले समय निकाल्न पनि सकिरहेका हुँदैनन् । तर, अभिनेत्री सुहाना थापा भने फरक पात्र हुन् । उनी हरेकृष्णमा सम्बद्ध छिन् । १२ कक्षापछि होस्टेलबाट घर आउँदा टिनएजमा हुने उतारचढावले उनलाई पनि छोयो ।

त्यति बेलासम्म उनले महाभारत अध्ययन गरिसकेकी थिइन् । त्यसपछि उनी भागवत गीता किनेर पढ्न थालिन्, जसले ती उतारचढावलाई स्थिर बनायो । र, उनलाई आध्यात्मिक चेतसम्म पुर्‍याउन मदत पनि गर्‍यो । पाँच वर्षदेखि कृष्णको भक्तिमा तल्लीन सुहानाले तेस्रो पटक भागवत गीता पढ्दै छिन् । गीता पढ्न थालेपछि नै उनमा मान्छेको दिमाग र रुचि कसरी फरक हुन्छ भन्ने कौतुहलता जाग्यो ।

त्यही कौतुहलता मेट्नकै लागि साइकोलोजी विषय लिएर अमेरिकामा ब्याचलरको अध्ययन गर्न उनी गएकी हुन् । ठूलो सर्कलमा पढ्दा बढी निखारिन्छ कि भन्ने लोभमा पढाइका लागि अमेरिका रोजेको उनले बताइन् । चार वर्ष अमेरिकाको बसोबासमा अझैं बढी भक्तिभावमा डुबिन् । सुहाना भन्छिन्, ‘उता एक्लै हुँदा कृष्णको भक्तिभावमा अझै जान पाएँ ।’

सानैदेखि माछामासु खाने सुहानालाई यी सब छोड्नु कम्ती गाह्रो थिएन । उनको परिवार नै कृष्ण भक्तिमा लागेको छ । तर, उनीजस्तो पूरै समर्पित भने अरू छैनन् । उनी हरेक दिन श्लोकहरू पढ्छिन्, कृष्ण जप गर्छिन् र ध्यानमा समय दिन्छिन् । हरेकृष्णमा लागेको पाँच वर्षमा उनले सिकेको मुख्य सार हो– भौतिक संसार क्षणिक हो, आध्यात्मिक ज्ञानले सधैंलाई आनन्द दिन्छ । उनी धाराप्रवाह आध्यात्मिक ज्ञानहरूबारे चर्चा गर्न सक्छिन् । 

अहिले उनी आफ्नो दोस्रो चलचित्र ‘ए मेरो हजुर–४’ को काममा व्यस्त छिन् । चलचित्र प्रवेशबारे उनी खुलेर भन्छिन्, ‘घरबाट एक पटक गरेर हेर भनेर आएकी हुँ । अनुभव नभई के पो सम्भव हुन्छ र ? चलचित्रमा मैले गर्न सक्छुजस्तो लाग्यो त्यसैले पुन: आउँदैछु ।’ उनको दुवै चलचित्रमा मुख्य अभिनेता अनमोल केसी छन् ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : मञ्जु ढकाल, ड्मि वेयर बुटिक, कुपण्डोल

मेकअप : श्रद्वा मास्के

हेयरस्टाइल : सुदीप पोखरेल

लोकेसन : एल्लो दरबार, सानेपा

 Image