Successfully Copied

विद्यालयमा मूर्ति सिकाउँदै चाँदनी

चाँदनी बज्राचार्यलाई घरमा चित्रको कीरा भनिन्थ्यो । एकछिन फुर्सद भयो कि पानामा विभिन्न चित्र कोरिहाल्थिन् । स्केचप्रति उनको लगावले नै एसलसीपछि ललितकलामा भर्ना भइन् । तर पेन्टिङमा धेरै विद्यार्थी भएकाले उनलाई मूर्ति विधामा सारियो ।

एकजनामात्रै महिला भएकाले सुरु–सुरुमा सारै दिक्क लाग्थ्यो । तर माटोबाट विभिन्न आकारहरू बनाउन थालेपछि भने उनी रमाउन थालिन् । कलेजका साथमा गोपाल कलाप्रेमीसँग पनि घरमै मूर्तिकलाका कक्षा लिन सुरु गरिन् । 

उनले गुरु कलाप्रेमीसँग ओशो तपोवनको मूर्ति प्रोजेक्टमा काम गर्न पाइन् । कलेजपछि उनले विभिन्न विद्यालयमा मूर्तिका कक्षाहरू लिन थालिन् । २२ वर्षमा थुप्रै विद्यार्थीलाई मूर्तिकलाको ज्ञान दिएकी चाँदनीले 

आफ्नो सिर्जनालाई भने बाहिर ल्याउन सकेकी थिइनन् । त्यसैले साथीहरूसँग मिलेर केही समयअघि गणेश सिरिजका मूर्तिहरू प्रदर्शनीमा राखेकी छिन् । अब उनी आफ्नो सिर्जनालाई सक्रिय बनाउन घरमै वर्कसप बनाउने सोचमा छिन् ।

 Image