Successfully Copied

भलिबल : सन, स्यान्ड एन्ड स्वेट

यो आउटडोर भलिबलको सुरुवाती स्लोगन हो । जुन अमेरिकाको एटलान्टास्थित बिच भलिबल टुर्नामेन्टमा निकै पपुलर थियो । 

अरुणा शाही :(टिम क्याप्टेन, नेपाल भलिबल)

ओलम्पिकमा बीच भलिबलको सुरुवात कहिले र कहााँबाट भयो ?

एटलान्टा ओलम्पिक, सन् १९९६ ।

तपाईंको स्पोर्टसआइकन ?

थाइल्यान्डकी नुत्सारा तोमकोम । 

सन, स्यान्ड एन्ड स्वेटका बारेमा तपाईंलाई के थाहा छ ? 

यो आउटडोर भलिबलको सुरुवाती स्लोगन हो । जुन अमेरिकाको एटलान्टास्थित बिच भलिबल टुर्नामेन्टमा निकै पपुलर थियो । 

गेम सुरु हुनुअघि तपाईं के गर्नुहुन्छ ? 

भगवान्को प्रार्थना गर्छु । 

भलिबल हाइटले खेल्ने गेम हो कि दिमागले ?

दिमागले खेल्ने गेम हो । 

भलिबल कोर्टभित्र भएको सबैभन्दा दिक्कलाग्दो र रमाइलो स्मरणीय घटना ?

खेल बिग्रिराख्दा दिक्क लाग्छ, ब्लक गरेर कोइन ल्याउँदा एकदमै रमाइलो लाग्छ । 

तपाईं जीवनमा धेरै पैसा चाहनुहुन्छ कि समय ? 

दुवै महत्वपूर्ण छन् तर मेरा लागि त समयको महत्व बढी छ । समय भए पैसा कमाइन्छ । पैसा छ, तर समय छैन भने के काम ? 

जनावरहरूले मानिसका बारेमा वाइल्ड लाइफ डकुमेन्ट्री बनाएका भए मानिसको कुन चाहिँ त्यस्तो अनौठो दृश्य देखाउँथे होला ? 

हामी उत्साहित हुँदा, अचानक डराउँदा वा चिच्याएर रुँदाको दृश्य देखाउँथे होलान् । 

शून्य गुरुत्वाकर्षणमा भएको भए तपाईं कसरी फुटबल खेल्नुहुन्थ्यो ?

हामी त उड्न–उफ्रिन पर्छ, त्यस्तो अवस्थामा गेम रोचक हुँदैन । 

तपाईंलाई एक हप्ताका लागि मोबाइल प्रतिबन्ध लगाइयो भने ? 

केही छुटेजस्तो त हुन्छ तर मलाई त्यति फरक पर्दैन । गेम खेल्दा मोबाइल छुटेकै हुन्छ । 

तपाईंको मनपर्ने क्लब कुन हो ? तपाईंसँग उक्त क्लबको जर्सी छ ?

थाइल्यान्ड र ब्राजिलको नेसनल टिम मनपर्छ तर जर्सी भने छैन । 

 Image