Successfully Copied

सिम्पल एलिसा राई

कहिल्यै भारी मेकअप गर्दिनँ । सन्सक्रिम र गाजल भने सधैं लगाउँछु । आवश्यकतानुसार फाउन्डेसन, मोइस्चराइजर र लिपिस्टिक लगाउँछु । 

पहिरन 

म धेरैजसो क्याजुअल ड्रेसमा देखिन्छु । सजिलो पहिरन छनोट गर्छु । जिन्स सबैलाई मनपर्छ तर मलाई भने जिन्स लगाउन मन लाग्दैन । टाइट लुगा पनि मन पर्दैन । त्यसैले लेगिङ्स, ट्राउजरजस्ता खुल्ला पहिरन बढी लगाउँछु । 

रंग 

नीलो रंग एकदमै मनपर्छ । नीलो रंगका पहिरन धेरै छन् । 

मेकअप 

कहिल्यै भारी मेकअप गर्दिनँ । सन्सक्रिम र गाजल भने सधैं लगाउँछु । आवश्यकतानुसार फाउन्डेसन, मोइस्चराइजर र लिपिस्टिक लगाउँछु । 

एसेसरिज 

धेरै एसेसरिज लगाउँदिन । हातमा घडी र कानमा टप कहिल्यै छुट्दैन । 

केशको स्याहार 

केशका लागि हेयर मसाज गरिरहन्छु । 

फिटनेस 

व्यस्तताले लगातार फिटनेसमा ध्यान दिन सकिँदैन । समय मिल्दा भने स्वीमिङ र डान्स गर्छु । 

बढी खर्च 

मेकअप र पहिरनमा धेरै खर्च गर्छु । यी दुई कुरामा ब्रान्ड कन्सेस पनि छु । 

फुटवेयर 

म प्राय: स्पोर्ट सुज लगाउँछु । आवश्यकतानुसार हल्का हिल जुत्ता लगाउँछु । तर पेन्सिल हिल भने लगाउन सक्दिनँ । 

 Image